टर्कीको २५ सय वर्ष पुरानो भूमिगत सहर,जहाँ २० हजार मानिस अट्नसक्छन्

टर्कीको २५ सय वर्ष पुरानो भूमिगत सहर,जहाँ २० हजार मानिस अट्नसक्छन्

एजेन्सी :टर्कीको नेवेशीर प्रान्तमा एक डेरिन्कुयो सरह छ।  यो सहर जमिनभन्दा माथि र तल छ।जसलाई डेरिन्कुयो भूमिगत सहर भनिन्छ। यो लगभग २५ सय वर्ष  पुरानो हो। भूमिगत सहरको गहिराइ कतिपय ठाउँमा ८५ फिट र कतिपय ठाउँमा २८० फिट रहेको छ।

यस भूमिगत सहरभित्र यसौं सिंढीहरू,गुफाहरू र ठुल्ठूला हलहरू  छन्। यो  टर्कीमा फेला परेको सबैभन्दा ठूलो भूमिगत सहर हो।

यो सहरमा २० हजार बढि मानिस अटाउन सक्छन्। यस भूमिगत सहरको सबैभन्दा विशेष कुरा यो हो कि एक तहबाट अर्को तहमा जाँदा बन्द गर्न सकिन्छ। त्यहाँ ताल्चा लगाउन ढोका छैन।

गोलाकार ढुंगा अड्याएर तह बन्द गर्न सकिन्छ।यो सहरभित्र जटिल खालका संरचनाहरू छन्। भित्र मदिरा वा तेल राख्ने ठाउँ,भण्डारण,अस्तबल र पूजा गृह आदि छन्। यस सहरको दोस्रो तल्लामा ठूल्ठूला हलहरू छन्। 

कतिपयलाई पुनरनिर्माण गरिएको छ भने कतिपय पुरानै अवस्थामा राखिएका छन्।

सहरको तेस्रो र चौथो तहमा धेरै सिंढीहरू छन्। जसले पहिलो र दोस्रो तहलाई पाँचौं तहमा जोड्न मद्त गरेका छन्।यहाँ एक १८० फिट गहिरो खाडल छ। जो कुवाजस्तो देखिन्छ। यही खाडलमा पानी संकलन गरिन्छ। भूमिगत सहर र माथिको सहरका लागि यहाँ पानी संकलन गरिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.