दोलखाको कालिञ्चोकमा आगलागीबाट ९ घर जलेर नष्ट

दोलखाको कालिञ्चोकमा आगलागीबाट ९ घर जलेर नष्ट

दोलखा :दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा बुधबार राति भएको आगलागीमा परी ९ घर जलेर पूर्णरुपमा नष्ट भएका छन्। आगलागीबाट चार करोड मूल्य बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ । 

राति करिब ११ बजे स्थानीय रुद्रबहादुर ओलीको घरबाट सुरु भएको आगलागी नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,स्थानीयलगायतको पहलमा नियन्त्रणमा आएको हो।

आगलागीबाट तीन पक्की घर र ६ वटा जस्ताको टहरा पूर्णरुपमा नष्ट भएको प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताए। आगलागीमा परी केही चौपाया तथा पसल पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।

नेकपा एमालेको तर्फबाट प्रतिनिध सभा सदस्य इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै आगलागी पीडितलाई तत्काल राहत र पुर्नवासको व्यवस्था गर्न संघीय तथा प्रदेश सरकारसँग माग गरेका छन् ।   

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले आगलागी पीडितको लागि तत्काल लताकपडा,भाडावर्तनसहितको चार सेट राहत सामग्री सहयोग गरेको उपमन्त्री भरत नारायण प्रधानले बताए । 

उक्त सामग्री भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरले पीडितलाई हस्तान्तरण गरेका  थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.