एम्बुलेन्स चालकको शरीरबाट पेट्रोलको गन्ध आएपछि...

एम्बुलेन्स चालकको शरीरबाट पेट्रोलको गन्ध आएपछि...

जुम्ला : जिल्ला प्रशासन कार्यालय एक सरकारी कर्मचारीले आत्मदाहको प्रयास गरेका छन्।  कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन्। 

४० वर्षीय कार्कीले १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ। भ्रष्टाचार बढेको भन्दै उनले आत्मदाह प्रायस गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। 'यो देशमा जताततै भ्रष्टाचार छ' भन्दै उनले गुनासो गुर्दै आएका थिए। 

यता कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका रजिस्ट्रार निर्पेद्र महतले उनले मापसे गरेर बेलाबेला यस्ता क्रियाकलाप गर्दै आएको बताए। यसअघि पनि उनले प्रशासन कार्यालय अगाडि एम्बुलेन्स लगेर राखेका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार मापसेको लागि मेडिकल चेकमा पठाउन लागेका बेला शरीरभरि पेट्रोल गन्ध आएकाले मेडिकल चेकपछि उक्त कुरा खुलेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.