पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट

पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट

ढल्केवर(धनुषा) : धनुषामा हुन लागेको पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा भएको छ। 

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर विगत चार वर्षदेखि हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको मिथिला नगरपालिकामा हुन लागेको हो।

प्रतियोगिताको पाँचौ संस्करण नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा हुन गइरहेको र त्यसको तयारी पूरा भएको हक्की टोली मधेस प्रदेश संयोजक रवीन्द्र सिंहले जानकारी दिए। 

उनका अनुसार प्रतियोगिता यही माघ २३ देखि २८ गतेसम्म चल्नेछ। प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश र एक विभागिय टोली(नेपाल आर्मी)को सहभागिता रहने संयोजक सिंहले बताए। 

‘जम्मा सातवटा टिम सहभागी हुने भएको छ। ती टिमहरुलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समुहमा विभाजन गरिएको छ। सहभागी सबै टिम एकअर्को टिमसँग खेल्नुपर्नेछ,’ संयोजक सिंहले भने।

समूह‘ए’ मा बागमती, सुदुरपश्चिम र गण्डकी प्रदेशको टिम रहेको उनले बताए। उनका अनुसार समूह‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेस र नेपाल आर्मी रहेका छन्। प्रतियोगिताको पहिलो दिन २३ गते तीनवटा खेल हुने संयोजक सिंहले बताए।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत चार वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। 

प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। 

त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.