सांसद अरुण चौधरी जेल चलान

सांसद अरुण चौधरी जेल चलान

धनगढी : सांसद अरुण चौधरी जेल चलान भएका छन्।

बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा बुझाएको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागरा चलान भएका हुन्।

प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई बिहीबार साँझ नै धनगढी ल्याएको थियो।

करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो।  सोही आदेशअनुसार उनी जेल चलान भएका हुन्।

बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन्। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए। रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भएका थिए। 

त्यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा लम्की चुहाबाट पराजित भएका थिए भने लगत्तै सम्पन्न प्रदेशसभामा निर्वाचनमा पनि पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.