विद्यालयको भवनमा ताला, चौरमा विद्यार्थी

विद्यालयको भवनमा ताला, चौरमा विद्यार्थी

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीमा रहेको गडदेव आधारभूत विद्यालयमा २०७८ कार्तिक ६ गतेको वर्षापछि आएको पहिरोले ३ वटा भवन भत्किए । ७ कोठा रहेका ३ वटै भवनमा पूर्ण क्षति पुगेपछि पठनपाठनमा समस्या भइरहेको थियो । दुई वर्षदेखि विद्यार्थीहरू खुला चौरमा बस्दै आएका छन् । ४ कोठे नयाँ भवन बनेको भएपनि विद्यार्थीले भवनमा बस्न पाएका छैनन् । 

२०७८ सालमै राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख बराबरको ४ कोठे भवन निर्माण योजना कार्यान्वयनको चरणमा गएका थियो । ३६ लाखमा निर्माण सम्पन्न गर्नका लागि केशव सिंह घटालको अध्यक्षतामा निर्माण समिति गठन गरेर निर्माण प्रक्रिया सुरु भएको थियो । 

पहिरोले पूर्णतया क्षतविक्षत भएको ठाउँमा पुनः विद्यालय भवन निर्माण गरेको निर्माण समितिले निर्माण सम्पन्न हुदासम्म ६९ लाख ६६ हजार रुपैयाँ खर्च भएको दाबी गर्दै आएको छ । निर्माण समितिले  लागत खर्च अनुसार नै भुक्तानी दिनुपर्ने माग राख्दै दुई हप्तादेखि विद्यालयमा तालाबन्दी गरिएको छ । 

जनप्रतिनिधिहरूले लागत अनुसार भुक्तानी दिने आश्वासन दिएको र सोही अनुसार लागत भुक्तानी दिनुपर्ने निर्माण समितिका अध्यक्ष केशव सिंह घटालले बताए । ‘पहिरोले पूर्ण क्षति पुर्‍याएको ठाउँमा नयाँ जग खनेर निर्माण गरिएको हो,जनप्रतिनिधिहरूलाई पटक पटक लागत बढी लाग्ने भन्दै जानकारी गराउँदै आएका हौँ,’निर्माण समितिका अध्यक्ष घटालले भने,‘जनप्रतिनिधिहरूले पनि लागत अनुसार नै भुक्तानी दिने भन्दै बेलाबेला आश्वासन दिएका हुन्,तर पैसा लागत अनुसार पाएनौं,’ घटालले भने । लगानी अनुसार पैसा नपाएसम्म तालबन्दी नखोल्ने घटालको भनाइ छ ।

३६ लाखमा निर्माण सम्पन्न गर्नेगरी निर्माण समितिसँग सम्झौता भएको थियो । निर्माण सम्पन्न हुदासम्म ३४ लाख रुपैया भुक्तानी भएको विद्यालयले जनाएको छ । निर्माण समितिले भने ६९ लाख ६६ हजार लागत लागेको दाबी गर्दै आएको छ । 

यसरी विद्यालय भवन बनेपनि भुक्तानीको विवादले तालाबन्दी गरिएपछि बालबालिहरूलाई खुला चौरमै राखेर अध्यान अध्यापन गराउनुपरेको विद्यालयका प्रधानाध्यापक निर्माला चन्दले बताइन् । ‘बालबालिकाहरूलाई खुला चौरमै राख्दै आएका छौँ, दिउँसो ३ घण्टामात्रै घाम लाग्छ,साह्रै समस्या छ,’प्रअ चन्दले भनिन् ।  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भवनको ३४ लाख रुपैयाँ भुक्तानी भइसकेको र निर्माण समितिको ६९ लाख ६६ हजार रूपैयाँ लागत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंह घटालले बताए । 

पहिरोले पूर्ण क्षति पुर्‍याएपछि खेलमैदान निर्माणका लागि ६ लाख रुपैयाँ गाउँपालिकाले उपलब्ध गराएको पनि उनले बताए । तर, निर्माण समितिसँग भएको मौखिक सहमतिअनुसार भुक्तानी नभएपछि पठनपाठनमा समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घटालले बताए ।

पञ्चेश्वर गाउँपालिका विद्यालयको भवन निर्माणको विषयमा छानबिन समिति गठन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहरा, योजना शाखा प्रमुख घनश्याम मौनी र वडा नं १ का वडा अध्यक्ष देवानी राम सार्की सम्मेलित छाबिन समितिले निकालेको प्रतिवेदनको आधारमा पालिकाले निर्णय लिन सक्ने गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । 

‘निर्माण समितिले भवन निर्माणमा राम्रो काम गर्नु भएको छ, तर लागत अनुसार पाउनुपर्ने रकम भुक्तानी पनि भइसकेको छ,' उपाध्यक्ष भट्टले भनिन्, छानबिन समितिले तयार पारेको प्रतिवेदनको आधारमा आगामी कदम चालिन्छ,’उपाध्यक्ष  भट्टले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.