'शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन दिनु हुँदैन'
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन नहुनेमा जोड दिएका छन्।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवका अवसरमा उनले शैक्षिक संस्थाहरूमा यस्ता खालका घटनाहरू हुन नहुनेमा जोड दिएका हुन्।
प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए। साथै उनले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्न आवश्यक भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
१