मनको दियो
एक्लो छैन म कुनै समय, कदापि
चिकित्सक र सहयोगी छन् मेरा लागि
उपचारले निको हुन सक्छ घाउ पुरानो
दोष होइन क्यान्सर रोग मेरो
हृदय, मस्तिष्क र शरीरमा छ जीवनको तरंग
रोगसँग लड्नेछ मेरो शरीर र अंग।
पल–पलमा जित्ने छु
तिम्रो प्रतीक्षामा जिउँदै छु
औषधि अमृतसरी सेवन गरी
क्यान्सर रोगबाट निको हुनेछु।
म औषधि उपचार पाउँछु
फेरि बाँच्ने रहर पलाउँछ
चिकित्सक कहाँ छौ तिमी
नवजीवनको आधार पाउँछु।
प्रत्येक प्रहरको दुःखाइलाई बिर्सिने छु
मनमा खुसीको बहाना रोज्ने छु
प्रत्येक क्षणको अमूल्य जीवनलाई
एक युग समान सञ्चित गर्नेछु।