पुतलीबजारमा वित्तीय साक्षरता सम्बन्धि तालिम
स्याङ्जा: वित्तीय कारोबार बुझाउन र प्रयोगमा सहज बनाउने उद्देश्यले पुतलीबजार नगरपालिकामा वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको छ।
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा वित्तीय साक्षरता तालिम दिइएको हो।
नगरपालिका र यूएनडीपीद्वारा बिगत २ वर्षदेखि हरित पुनरुत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना संचालनमा छ। सोही अन्तर्गत सहभागी महिलालाई वित्तीय कारोवार बुझ्न सहज बनाउने उदेश्यले साक्षरता तालिम प्रदान गरिएको हो।
तालिममा मोवाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, एटीएम, क्रेटिड, मास्टर कार्डको उपयोग, घरमै बसेर बिजुली, पानी, इन्टरनेट लगायतको बील भुक्तानीका विषय जानकारी गराइएको छ।