नेलेका अग्नि पीडितलाई आर्थिक सहयोग
सोलुखुम्बु: थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ। अग्नि पीडित सहयोग समितिले संकलन गरेको ५८ लाख १० हजार ३१५ रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
पूर्ण रुपले घर गुमाएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार ८१३, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार ५४८, बुद्विबहादुर कार्कीलाई ११ लाख २२ हजार ८९, रमेश बस्नेतलाई १० लाख २४ हजार ८८१ रुपैयाँ हस्तानान्तरण गरिएको छ। घरमा आंशिक क्षति भएका प्रणय राईलाई ५ लाख ४९ हजार ५३६ रुपैयाँ हस्तानान्तरण गरिएको छ।
भाडामा बसेका मिङ्मार तामाङलाई २ लाख ७१ हजार ६०३, मोहन भुजेललाई १ लाख ३० हजार ६२३, बुद्धिबहादुर केसीलाई ७६ हजार ३५२, सुरेन्द्र कार्कीलाई ४० हजार २८०, हेमन्त बस्नेतलाई २० हजार १४०, भिमकुमारी बस्नेतलाई २९ हजार ३४६, बिक्रम बस्नेतलाई १३ हजार ८१० र ङवाङ गिर्मी शेर्पालाई १६ हजार ६८७ रुपैया हस्तानान्तरण गरिएको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए।
पुस ५ गते नेले बजारमा भएको आगलागीमा चार घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने केही घरमा आंशिक क्षति भएको थियो।