ट्रकको ठक्करबाट एक जनाको मृत्यु, कर्णाली राजमार्ग ठप्प

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, कर्णाली राजमार्ग ठप्प

वीरेन्द्रनगर : कर्णाली राजमार्गको दैलेख खण्ड राकममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्सपेक्टर दिपकसिंह बिष्टका अनुसार शुक्रबार बेलुका ७:५० बजेतिर भे१ ख ३५१८ नम्बरको ट्रकले ठक्कर दिँदा आठबिस नगरपालिका-४ निवासी ५५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको हो। 

ट्रकले ठक्कर दिएर मान्छे मारेको भन्दै स्थानीयवासीहरू आन्दोलित छन्। गएरातिबाट कर्णाली राजमार्ग ठप्प छ। घटनास्थलमा प्रहरिले सुरक्षा दिइरहेको छ। 

आन्दोलित स्थानीयले ठक्कर दिएर मान्छे मार्ने चालकलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत दिनुपर्ने लगायतका मागहरू राखेका छन्। 

गाडीधनी, प्रहरी प्रशान र पीडित पक्षहरूबीच दिउँसोबाट छलफल भइरहेको छ। सहमति भएको छैन।  राजमार्ग खुलाउन नदिँदा कर्णाली राजमार्गमा सञ्चालित सयौं गाडीहरू ठाउँ ठाँउमा रोकिएका छन्। यात्रुहरू शुक्रबार रातिबाट अलपत्र छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.