देशमै उत्पादन भएका वस्तुको प्रयोग गरौंः मुख्यमन्त्री अधिकारी
बागलुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्नुपर्ने बताएका छन्।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न कार्यक्रममा भारतबाट ल्याएको मालाको प्रयोग भइरहेको बताउँदै त्यसको प्रयोग नगरी नेपाली फूलबाट बनेको मालाको प्रयोग गर्न आग्रह गरेका हुन्।
‘कार्यक्रममा प्रयोग भएका माला तथा खादा स्वदेशी मात्रै प्रयोग गर्न आयोजकलाई भन्दै आएको छु,’ मुख्यमन्त्री अधिकारीले भने,‘भारतबाट ल्याइएको फूलको माला प्रयोग नगर्नुस्। दिन मन भए नेपाली फूल र माला दिनुस् नत्र नदिएपनि हुन्छ।’
उनले नेपालमा समेत पुष्प खेती फस्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे। उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए।
मुख्यमन्त्री अधिकारीले खादा, माला र अविरलमा फजुल खर्च नगर्न आग्रह गरेका छन्। उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए।
उनले आत्मनिर्भर बनाउनका लागि आयातमा रोक लागाउनु मात्र विकल्प नभएको बताउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए।
‘आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो, मुख्यमन्त्री अधिकारीले भने,‘लायन व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोडिदिऔँ।’
यस्तै धौलागिरी अस्पताल बागलुङले आयोजना गरेको मुख्यमन्त्री तथा प्रदेशसभा सदस्यलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले कुराले चिउरा नभिज्ने बताउँदै त्यसका लागि काम गर्नुपर्ने बताए।
उनले अधिकारीले धौलागिरी अस्पतालको प्रगति नभएको बताउँदै आफूलाई दुःख लागेको बताए। ‘म स्वास्थ्य मन्त्री हुँदा बागलुङबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको हुँम,’मुख्यमन्त्री अधिकारीले भने,‘स्वास्थ्य बीमाको कार्यक्रम चलाई गरेको अस्पतालको प्रगति गरे होला भनेको भएको रहेन्छ। मलाई दुःख लागेको छ।’
मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमा भएको अस्पताल नमुना बन्नुपर्ने बताए। ‘स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको अस्पताल नमुना बन्नुपर्ने थियो र बन्नुपर्छ,’अधिकारीले भने,‘यस्तो निरिह तरिकाले हुँदैन, किन भएन खोजी गरौं।’
उनले अस्पतालमा चिकित्सकको अभाव रहेको कुरा लिखित रूपमा जानकारी गराउन अस्पताल प्रशासनलाई आग्रह गरेका छन्। ‘लिखित कुरा मात्र संस्थागत हुन्छ, भाषण भाषणमै सीमित हुन्छ त्यसैले लिखित दिनुस् हामी काम गछौं,’मुख्यमन्त्री अधिकारीले भने।
उनले सबैले प्रणाली बस्नुपर्ने बताउँदै लिखित रूपमा मन्त्रालयमा माग राख्न आग्रह गरे। उनले साधन, स्रोत र कानुनले मिल्ने सम्मको काम गण्डकी प्रदेश सरकारले गर्ने बताए।
अस्पतालमा एक महिनादेखि गाइनोलोजिष्ट नभएका बारेमा उनले सम्बन्धित मन्त्रालयलाई तुरुन्त पठाउनका लागि निर्देशन दिएको बताए। ‘आमाको पेटबाट संसारमा आउन चाहन्छु भन्ने बच्चालाई जसरी पनि (सर्जरी गरेर) निकाल्नुपर्छ, उनले भने,‘सर्जरी गरेरपनि निकाल्न नसक्नु सरकार नहुनु बराबर हो।’
मुख्यमन्त्री अधिकारीले धौलागिरी अस्पतालले कोरोनाकालमा नेपालकै दोस्रो बिरामीको उपचार गरेकोमा सम्मान प्रकट गरे। उनले कोभिडको बोला स्रोत, साधन नहुँदा स्वास्थ्यकर्मीहरूले बिरामीको उपचार गराएर सकुशल घर फर्ककाएको बताएदै धन्यवाद ज्ञापन गरे।
अस्पतालले मुख्यमन्त्री सहित बागलुङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सांसदहरूलाई सम्मान गरेको थियो।
मुख्यमन्त्री अधिकारीले जनताले सांसदलाई नभई सांसदले जनतालाई सम्मान गर्नुपने बताए। ‘तपाईहरूले भोट हालेर हामीलाई सांसद गराउनुभएको हो,’उनले भने,‘हामीले तपाईहरूलाई सम्मान गर्ने हो, तपाईहरूले हामीलाई होइन।’उनले भारतको फूलले किन हामीले अभिनन्द गर्ने बताउँदै नेपाली फूलले मात्र अभिनन्दन गर्नुपर्ने बताए।