पार्किङ हटाएपछि व्यापारी विरोधमा

महानगरपालिकाको निर्णयले उपत्यकाको व्यापार ६० प्रतिशतले घटेको स्थानीय व्यापारीको भनाइ

पार्किङ हटाएपछि व्यापारी विरोधमा

काठमाडौं : काठमाडौं महानगरले दरबारमार्ग र बागबजार क्षेत्रमा पार्किङ हटाएको भन्दै व्यवसायीले विरोध जनाएका छन्। यी क्षेत्रमा पार्किङ हटाउँदा व्यवसायमा गम्भिर धक्का लागेको उनीहरूको आरोप छ। सडकमा भइरहेको अव्यवस्थित पार्किङ हटाएर सडक खुला बनाउन महानगर लागिपरेको छ। यसक्रममा कालीमाटी, कुलेश्वर, बागबजार, पुतलीसडक हुँदै उपत्यकाका विभिन्न सडकमा भइरहेको पार्किङ महानगरले पूर्णरूपमा बन्द गराएको हो।

उक्त क्षेत्रमा भइरहेको एकतर्फी पार्किङ हटाएपछि व्यवसायी तथा स्थानीयले विरोध जनाएका हुन्। दरबारमार्ग, कालीमाटी, बागबजार एरियाका व्यवसायीले महानगरविरुद्ध आन्दोेलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन्। केही दिनअघि बागबजारका व्यवसायी नियमित आन्दोलनमा थिए। कालीमाटी बल्खु क्षेत्रमा भएका अटो व्यवसायीले महानगर गेटमै आएरै धर्ना दिएका थिए। महानगरले उक्त क्षेत्रमा भिडभाड भएको भन्दै कुनै पनि सवारी पार्किङ गर्न नपाइने सूचना जारी गरेको थियो।

उनीहरूले महानगरँंग यसअघि भएको सहमति अनुसार एक लाइन पार्किङ गर्न पाउने माग गरेका छन्। ‘काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार महानगर स्वच्छ, सुन्दर र विकसित सहरको परिकल्पना अनुसार काम गरिरहेको छ। दरबारमार्ग होस या न्यूरोड वा कालीमाटी नै किन नहोस सडकमा अनधिकृत पार्किङ गर्न पाइँदैन।’ उनी भन्छन्, ‘अव्यवस्थित पार्किङले गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ। सडकमा अत्याधिक जाम भइरहेको छ। व्यवसाय खोल्दा होस या मल बनाउँदा होस आवश्यक पार्किङ उनीहरूले नै व्यवस्थापन गर्नुपर्छ। सवैको पसल अगाडि पार्किङ पुर्‍याउने जिम्मा महानगरको होइन।’

प्रवक्ता मानन्धरका अनुसार पार्किङको विकल्प भएका ठाउँहरूमा महानगरले पार्किङ हटाउने महाअभियान नै चलाएको छ। सडक पैदल यात्री र सवारीसाधन कुदाउनका लागि हो। सडकमा पार्किङ एरिया बनाउँदा उपत्यकामा ट्राफिक जाम बढ्यो। उनी भन्छन्, ‘दरबारमार्गमा पार्किङ गर्नका लागी अन्नपूर्ण होटलसँग सहकार्य गरेका छौं। यस्तै, राइजिङ मलमा पनि पार्किङ सुविधा छ। सडकमै पार्किङ गर्नुपर्छ भन्ने छैन नि, कि हरेकको पसल अगाडि पार्किङ एरिया बनाइदिनुपर्ने ? यस्तै बागबजार एरियामा पनि प्रशस्तै कम्प्लेक्स छन्। पे पार्किङका लागि समस्या नै छैन। न्यूरोडमा पनि हामीले विकल्प खोजिरहेका छौं। विकल्प भेटिनासाथ हामीले हरेक सडकमा भएका पार्किङ एरिया हटाउँछौं।’

दरबारमार्ग विकास वोर्डका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल कक्षपतिका अनुसार दरबारमार्ग एरिया व्यवसायिक ठाउँ मात्रै नभएर सभ्यताको पहिचान हो। यसलाई जोगाउनु सवैको जिम्मेवारी हो। दरबारमार्गले नेपालीले गर्व गर्ने राजामहाराजाको परिवेस वोक्छ। ऐतिहासिक पहिचान वोक्छ। दरबारमार्गलाई व्यवसायिक दृष्टिकोणबाट हेर्न नमिल्ने कक्षपतिको तर्क थियो। 

उनी भन्छन, ‘विदेशबाट कोही काठमाडौं आयोभने आफन्त भेट्न जाने ठाँउ हो दरबारमार्ग। विदेशी ब्रान्डेड सामान किन्न जानुपर्‍यो फुत्त पस्ने ठाउँ हो दरबारमार्ग। शान्तसँग केही समय बिताउनुपर्‍यो सम्झने ठाउँ हो दरबारमार्ग। यहाँ पुग्ने मानिस दरबार संग्राहलय पसेर खुसी हुन सक्छ।  दरबारमार्ग सवैको साझा थलो हो। बैतडीबाट आएको मानिस होस् या बेलायतबाट आएको होस् भेट्ने ठाउँ हो दरबारमार्ग।’

सल्लाह र सूचनाबिना नै महानगरले पर्किङ बन्द गर्नु महानगरको निरंकुस काम भएको कक्षपति बताउँछन्। उपत्यका वा सहरको पार्किङ समस्या समाधान नियमले मात्रै नहुने तर्क उनको छ। उनी भन्छन्, ‘स्थानीय नागरिक, व्यवसायी र सरकार मिलेर पार्किङको समस्या व्यावहारिक रुपमा हल गर्नुपर्छ। जहाँ सहज हुन्छ, जसरी मिल्छ, बाटो सानो होस या ठूलो कुन तरिकाले व्यवहारिक रुपमा मिलाउन सकिन्छ छलफल गर्नुपर्छ। छलफलबाट समाधान हुन सम्भव नभए मात्रै नियम वा ऐन लगाउने हो।’

अर्काले बनाएको निजी भवन वा एरियामा गएर पार्किङ गर्न भनेर महानगरले सूचना जारी गर्न नमिल्ने कक्षपतिको तर्क थियो। उनका अनुसार निजी एरिया पार्किङको विकल्प हुनै सक्दैन। अहिले खुल्ला भएको निजी पार्किङ २ महिनामा बन्द भयो भने कता पार्किङ गर्ने ?

सडक खुल्ला गरेर मात्रै पार्किङको समस्या हल नहुने बताउँदै कक्षपछि भन्छन्, ‘सडक बनाउँदा होस या सहरको परिकल्पना गर्दा सडक र सहरसँगै सभ्यता विकास हुँदै जान्छ। सन् १९६१ मा राजा विरेन्द्रका पालामा बनाएको सडक हो यो। सांस्कृतिक सडकको रुपमा विकास हँुदै गयो। काठमाडौंको एउटा महत्वपूर्ण ठेगाना हो दरबारमार्ग।’

सरकारका तर्फबाट दरबामार्गमा ढल निकासको व्यवस्थापन अहिलेसम्म भएको छैन। सरकारी पानीको व्यवस्था छैन। सवतिरको ढल यहाँ थुपारेर बाटो हिँड्दा गन्हाउँछ। दरबारमार्गमा ढुक्कसाथ मानिस हिँड्न सकोस भनेर दरबारमार्गवासी मिलेर दरबारमार्ग विकास बोर्ड स्थापना गरिएको थियो। महानगर र स्थानीयको समन्वयमा विकास बोर्डले दरबारमार्गमा धेरै काम गरिरहेको कक्षपति बताउँछन्।
उनी भन्छन्, ‘प्रहरीसँग समन्वय गरेर ठाउँठाउँमा सीसीटीभी राखेका छौं। पकेटमारदेखि सडक बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छौं। यो सडक र यसको पहिचानप्रति हामी अत्यन्तै संवेदनशिल छौं। रुख रोप्नेदेखि सडक सफा गर्ने, सेक्युरिटीका लागि गार्ड राख्ने जस्ता सरकारले गर्ने काम पनि स्थानीय व्यवसायी मिलेर नै गरिराखेको कक्षपतिको भनाइ थियो।

अहिलेका महानगर प्रमुख बालेन्द्र शाह जनता र व्यवसायीप्रति निरंकुश भइरहेको बताउँदै कक्षपतिले मेयरकै लापरबाह निर्णयले गर्दा उपत्यकाको व्यापार ६० प्रतिशतले घटेको जानकारी दिए। व्यवसायीले मुनाफा कमाए पो कर तिर्छन्। घाटामा गए व्यवसायी र सरकारको राजस्व दुवै घट्ने उनले बताए। महानगरले आफ्नो दायित्व पूरा गर्न छाडेर महानगर प्रमुखको मुडअनुसार निर्णय गर्दे हिँडे जनताले सहेर नबस्ने उनले बताए। आफुमा भएको शक्तिको गलत प्रयोग गर्दे महानगरले वडासँग पनि समन्वय नै नगरि पार्किङ हटाएको आरोप छ। कक्षपतिले सही व्यवस्थापन भएन भने खुलामञ्चमा पार्किङ एरिया बनाएपनि जाम नहट्नेमा जोड दिए।

कक्षपछि काठमाडौंभन्दा धेरै जनघनत्व भएको भएका विकसित राष्टहरूमा पनि पार्किङ समस्या समाधान गरिएको बताए। उनी भन्छन्, ‘कतै एक लाइन पार्किङ बनाएर हुन्छ कि अन्डरग्राउण्ड पािर्कङ एरियाको विकास गरेर हुन्छ हरेक सहरमा पार्किङ समस्या समाधान गर्न आवश्यक छ। व्यवस्थित तरिकाले पार्किङ व्यवस्थापन गर्न जरुरी छ।

सामाजिक अभियन्ता सुमन सायमी महानगरको मेयरले जनताप्रति अत्याचार गर्न लागेको बताउँदै सजग हुन आग्रह गरे। उनी भन्छन्, ‘महानगरको प्रमुख भएर जनतालाई दुःख दिँदै हिँड्न भएन नि। कालमाटी बल्खु क्षेत्रमा प्रायः अटो व्यवसायी छन्। केहि समयदेखि उक्त क्षेत्रमा सवारी रोक्न नपाइने निर्णय महानगरले गरेको छ। सवारीकै व्यापार हुने, साजसज्जा हुने ठाउँमा सवारी रोक्न नपाइने नियम ल्याएर सवै व्यवसायीलाई मार्न खोज्या त होला।’ महानगर प्रमुख स्वेच्छाचारी भएर जनताका निजी सम्पती र निजी व्यवसायमा प्रहार गरिरहेको उनले बताए।


  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.