सुदूरपश्चिमका मुख्यमन्त्रीले माघ २५ मा विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले माघ २५ मा विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन्। 

मुख्यमन्त्री रावलले आज सभामुखलाई पत्र पठाउँदै माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाई दिन आग्रह गरेका छन्।

‘मुख्यमन्त्रीज्यूको पत्र आएको छ, माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाइदिन आग्रह गरिएको छ’ सभामुख भीमबहादुर भण्डारीले भने। उनले त्यसका लागि तयारी सुरु भइसकेको बताए।

नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमत पेस गर्दै शपथ लिएका थिए। 

नागरिक उन्मुक्ति पार्टीका कारण मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यमा ढिलाइ भएको हो। उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ। 

माघ १७ गतेको पेसीमा पनि रेशम चौधरीको मुद्धामा बहस नभएको भन्दै उन्मुक्ति रिसाएको थियो। तर आइतबार रेशम चौधरीको मुद्दाको सुनवाइ भएपछि उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत दिने भएको हो।

विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन। मुख्यमन्त्रीले शपथ खाएका दिन नियुक्त भएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष थापा शर्माले पनि शपथ लिएका थिए। 

उनीहरूको मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेश सरकार विस्तार हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.