कर्मचारीलाई कर्णालीका मुख्यमन्त्रीको ६१ बुँदे निर्देशन

कर्मचारीलाई कर्णालीका मुख्यमन्त्रीको ६१ बुँदे निर्देशन
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कामबाट उम्किन कसैलाई पनि छुट नरहेको बताएका छन्। कर्णालीमा सरकारको काम प्रभावकारी बनाउन कर्मचारीले असहयोग गर्ने गरेको चर्चा चलिरहेका बेला कर्मचारीहरूलाई ६१ बुँदे निर्देशन दिँदै मुख्यमन्त्री शर्माले सो कुरा बताएका हुन्। 

कर्मचारीलाई निर्देशनमा उनले अरूलाई देखाएर आफू उम्किन नमिल्ने बताएका छन्। केही दिन अगाडि 'अन्नपुर्ण पोस्ट' दैनिकमा कर्णालीमा किन टिक्दैनन् कर्मचारी ? भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि कर्णालीमा राजनीतिक नेतृत्वभन्दा कर्मचारी अस्थिर रहेको, तत्काल भाग्ने कर्मचारीले काममा ध्यान नदिँदा सरकारका नियमित काम समेत प्रभावित हुने गरेको र विकास बजेट खर्च पनि न्यून हुने गरेको भन्ने ‍विषयमा चर्चा भएको थियो। 

देशको भौतिक पूर्वाधार निर्माणको गति, यहाँको वित्तीय प्रगति, राजश्व आम्दानीको अवस्था निकै कमजोर रहेकाले सरकारको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न कर्मचारीको सक्रिय कार्यसम्पादन आवश्यक रहेको औंल्याए। 

मुख्यमन्त्री शर्माले यसको चित्तबुझ्दो जवाफ सरकारका प्रमुख सचिव, सचिवहरूसँग मागेका छन्। चालु आवको साढे ६ महिना बितिसक्दा पनि आन्तरिक राजस्व ७१ करोड २९ लाख अनुमान गरिएकोमा २५ करोड ५ लाखमात्र उठेको, वित्तीय खर्च १० दशमलव ७७ प्रतिशत मात्र खर्च भएको छ। यसबाट मुख्यमन्त्री सन्तुष्ट छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.