आमाको हत्या मुद्दामा बल्ल फैसला

आमाको हत्या मुद्दामा बल्ल फैसला
सुन्नुहोस्

अन्नपूर्ण पोस्ट् दैनिकमा माघ १७ गते मृतकका छोराको तस्बिरसहित ‘आमाको हत्या मुद्दामा अदालतको गोलचक्कर’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। सप्तरी जिल्ला अदालतमा १८ न्यायाधीशले हेरिसकेको मुद्दाको ६१ पटक पेसी चढे पनि मुद्दाको फैसला भएको थिएन।

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ की ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको हत्या घटनासम्बन्धी मुद्दा सोमबार फैसला भएको छ।

आठ वर्षदेखि पेसी चढ्दै, रोकिँदै आएको मुद्दा अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार प्रकाशन भएको एक साताभित्र फैसला भएको हो। अन्नपूर्ण पोस्ट् दैनिकमा माघ १७ गते मृतकका छोराको तस्बिरसहित ‘आमाको हत्या मुद्दामा अदालतको गोलचक्कर’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। सप्तरी जिल्ला अदालतमा १८ न्यायाधीशले हेरिसकेको मुद्दाको ६१ पटक पेसी चढे पनि मुद्दाको फैसला भएको थिएन।

जिल्ला न्यायाधीश हेमन्त रावलको सोमबारको इजलासले छिन्नमस्ता–१ वरहीवीरपुरका ६० विद्यानन्द राय र उनका भाई ५५ वर्षीय शिवानन्द रायलाई जन्मकैद सजायको फैसला भएको छ। अभियुक्त दुवै जना मृतकका देवर हुन्। 

जिल्ला अदालतले शिवानन्दलाई २०७४ साउन ४ गते २० हजार धरौटी र विद्यानन्दलाई २०७४ असोज १ गते १५ हजार धरौटीमा छाड्न आदेश गरेको थियो। जिल्ला अदालतको आदेशहरूबाट असन्तुष्ट बनेका मृतकका छोरा बेचनकुमार रायले उतिबेला इजलास परिवर्तनको निवेदनसमेत दिएका थिए। उच्च अदालतले २०७५ असार ७ गते उक्त आदेश सदर गरेको थियो। त्यसविरुद्ध बेचनले २०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले उक्त आदेश बदर गर्दै २०७७ असार ५ गते पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको थियो। त्यसपछि हालसम्म दुवै जना फरार छन्।

लाठी र फलामको रड प्रहारबाट अमात्यनीको २०७१ चैत १९ गते हत्या भएको थियो। हावाले लडेका रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै जाँदा हत्यासम्मको घटना भएको बेचनले बताए। उनले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उक्त मुद्दामा पेसी चढ्दै, रोकिँदै गएपछि मृतकका छोरा बेचन कहिले जिल्ला, कहिले उच्च त कहिले सर्वोच्च अदालतको गोलचक्कर लगाइरहेका थिए।

मुद्दामा भएका आदेशहरू उल्टिदै, सुल्टिदै सर्वोच्चको आदेश आएको वर्षौं भइसक्दा पनि जिल्ला अदालतमा पेसी सार्ने काम मात्र भइरहेको थियो। अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहेका बेचनले आँसु तरक्क झार्दै फैसलाप्रति सन्तोष व्यक्त गरे। विशेष परिस्थितिबाहेक एक पक्षले तीनपटक मात्र पेसी तारेख झार्न मिल्ने भए पनि प्रतिवादी पक्षबाट मात्र २८ पटक र जिल्ला सरकारी वकिलको कार्यालयबाट १२ पटक पेसी स्थगित गरिएको अदालतको तथ्यांकले देखाउँछ।

जिल्ला अदालतमा २०७२ वैशाख १४ गते अभियोगपत्र दायर भएको थियो। अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती बिन्दुदेवी राय, उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले सफाइ पाएका छन्। समाचार प्रकाशनपछि अन्य मुद्दाहरूको फैसलामा समेत तीव्रता आएको छ। माघ १७ गतेदेखि २३ गतेसम्म जिल्ला अदालतबाट १ सय ९१ मुद्दाको फैसला भएको छ। सर्वोच्चले २ वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन र ५ वर्ष नाघेका मुद्दालाई तीव्र रूपमा फस्र्यौट गर्न बारम्बार निर्देशन जारी गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.