टर्की भूकम्प : १० प्रान्तमा ३ महिनासम्म आपतकाल घोषणा

टर्की भूकम्प : १० प्रान्तमा ३ महिनासम्म आपतकाल घोषणा
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान।
सुन्नुहोस्

अंकारा : सोमबारको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएपछि टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन्।

टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल ३ महिनाको लागि हुने बताएका छन्। टर्कीमा गएको भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा करिब ७ हजार ८ सय जनाको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्।
 

यसअघि टर्कीका आन्तरिक मन्त्री सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाताय, गाजियन्टेप, उस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताएका थिए।

तीन महिनाको आपतकाल लगाउनुको कारण टर्कीमा आगामी मे १४ मा राष्ट्रपति र संसदीय निर्वाचन हुन लागेको छ। यी चुनावअघि नै आपतकाल अन्त्य हुनेछ।

यसअघि सन् २०१६ को जुलाईमा अर्दोआनले कूको प्रयासपछि पूरै देशमा संकटकाल लगाएका थिए। अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.