१२ करोडमा स्मार्ट लाइट बनाउने सम्झौता

करिब १२ करोड लागतमा उपत्यकामा १७ सय नयाँ स्मार्ट लाइट जडान हुने

१२ करोडमा स्मार्ट लाइट बनाउने सम्झौता
सुन्नुहोस्

करिब १२ करोड लागतमा उपत्यकामा १७ सय नयाँ स्मार्ट लाइट जडान हुने

काठमाडौं : काठमाडौं महानगर र विद्युत् प्राधिकरणबीच उपत्यकाका सडकमा १७ सय स्मार्ट लाइट जडान गर्ने सम्झौता भएको छ। १२ करोड लागतमा स्मार्ट लाइट जडान गर्न लागिएका हुन्। महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार यसअघि महानगर, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा नै सम्झौता भएको हो। 

थापा भन्छन्, ‘करिब १२ करोडको लागतमा उपत्यकामा १७ सय नयाँ स्मार्ट लाइट जडान हुनेछन्। यसका लागि महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लगानी हुनेछ। सम्झौतामा महानगरका तर्फबाट थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका थिए। 

थापाका अनुसार काठमाडौं उपत्यकालाई रातको समयमा समेत सुरक्षित र भयरहित बनाउन स्मार्ट लाइटको जडान गर्न लागिएको हो। उनी भन्छन्, ‘पहिले सडक लाइट नभएका र बिग्रिएका स्थानमा नयाँ लाइट जडान हुनेछन्। यसअघि सोलार लाइट जडान भएको थियो। तीमध्ये अधिकाशं बल्दैनन्।’ अब जडान हुन लागेका स्मार्ट लाइट डिजिटल सिस्टमको भएका थापाले बताए। 

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो। स्रोत, साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर र दिगो रूपमा प्रयोग गर्र्ने योजनाअनुसार सडक लाइट जडान हुनेछन्। 

स्मार्ट लाइट जडान हुने स्थानमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटी छन्। यसैगरी, सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडीखेल वरिपरि पनि यस्ता बत्ती जडान हुनेछन्। 

सडक लाइट निर्माण गर्दा फुटपाथ बिग्रिएमा, केही संरचना थप गनुपर्ने भएमा सडक विभागले सहयोग गर्नेछ। यसका लागि सडक विभागले यसअघि नै सम्झौता गरेको छ। जडान भएका सबै स्मार्ट लाइटको प्राविधिक निरीक्षण विद्युत् प्राधिकरणले नै गर्नेछ। आगामी वैशाखदेखि नै स्मार्ट लाइट जडान गरिने थापाले बताए। बत्ती बल्दा उठेको विद्युत्को बिल महानगरले नै तिर्नेछ। मर्मतसम्भार र संरचनाको सुंरक्षा गर्ने जिम्मा पनि महानगरकै हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.