धरानको विकासमा जताततै विरोध

धरानको विकासमा जताततै विरोध
धरान ६ मा निर्माण गरिएको मालपोत कार्यालय।
सुन्नुहोस्

शिक्षा र स्वास्थ्य क्षेत्रमासमेत अब्बल मानिने धरानको विकासमा निर्वाचित जनप्रतिनिधिले समेत सकारात्मक भूमिका खेल्न सकेका छैनन्।

धरान: सुनसरीको धरान उपमहानगरपालिकाको विकास निर्माणको काममा जताजतै विरोध हुन थालेको छ। संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका विकास निर्माणका सबै काममा तजाततै विरोध हुन थालेपछि धरानको विकास निर्माणमा अवरोध हुन थालेको छ।

कुनै समय देशकै उत्कृष्ठ शहरको उपाधि पाएको धरान पछिल्लो समय राजनीतिक खिचातानीका कारण ओझेलमा परेको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमासमेत अब्बल मानिने निर्वाचित जनप्रतिनिधिहरुले समेत धरानको विकासमा सकारात्मक भुमिका खेल्न सकेका छैनन्।
  

धरानमा मालपोत र नापी कार्यालय सार्ने विषयमा समेत विरोध भएको छ। धरान १६ मा रहेको भाडाको घरबाट धरान ६ पानवारीमा निर्माण सम्पन्न भएको आफ्नै कार्यालयमा मालपोत र नापी कार्यालय सार्न विभिन्न राजनीतिक दल र विचौलियाहरुले विरोध गरेका छन्। संघीय लिम्बुवान मञ्च नेपालले धरानको १६ नम्बर बाट धरान ६ मा मालपोत र नापी कार्यालय सारिए आन्दोलन गर्ने चेतवनी दिएको छ। पार्टीका सुनसरी अध्यक्ष अमर इजमले विचौलियाहरुले पानवारीको जग्गा प्लटिङ गर्ने उदेश्यले आर्थिक लेनदेन गरि मालपोत अन्यत्र सार्न लागिएकाले विरोध गरिएको बताए।
 
त्यस्तै निर्माणधीन धरानको नयाँ बसपार्क निर्माणमा समेत केही राजनीतिक दल र व्यक्ति अवरोधमा उत्रिएका छन्। नयाँ बसपार्क निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ गोमा तामाङ लगायतले बसपार्क वरपरको जग्गा नगरपालीकाका कर्मचारीले खरिद गरेर स्थानीयलाई अन्याय गरेको आरोप लगाएकी छन्। उनले नयाँ बसपार्कको विवाद समाधान गर्न र बसपार्क वरपर जग्गा खरिद गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने बताइन्।

त्यस्तै धरानमा ६ लेन सडक निर्माणमा पनि स्थानीयले अवरोध गरेका छन्। धरानको तीनकुनेदेखि बेस क्याम्पसम्मको सडक निर्माणमा स्थानीयले अबरोध गर्दा सडक निर्माणको काम अगाडी बढ्न सकेको छैन। सडक निर्माण नहुँदा धरानको मुख्य बजार क्षेत्र साँगुरो र अव्यवस्थित पार्किङले यातायातका साधन संचालनमा गम्भीर समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए।
 
त्यसो त धरानमा संघ र प्रदेश १ सरकारले गर्ने विकास निर्माणका काम आफुखुसी नगर्न धरानका मेयर हर्कराज साङ्पाङले चेतावनी दिएका छन्। उनले संघ र प्रदेश सरकारलाई धरानको २० वटै वडामा बजेट विनियोजन गरेर विकास निर्माणका काम गर्दा उपमहानगरपालिकाबाट स्वीकृत लिनुपर्ने बताएका छन्। मेयर साङ्पाङले धरानको तीनकुनेमा प्रदेश वन कार्यालयको भवन निर्माणमासमेत विरोध जनाएका छन्। 

धरान २० को कार्की छापमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत विनियोजन गरेको ३० लाख रुपैया धरानका मेयर राई र उपमेयर अईन्द्रविक्रम बेघाको दवावमा धरान २० देवी गाउँमा लगिएको छ। धरान २० का सम्फर तामाङले उक्त रकम तोकिएको स्थानमा विनियोजन गरिएको रकम जोखिमपूर्ण स्थानमा काम गर्न माग गरेका छन्।
 
मेयर साङ्पाङको भनाइ प्रति धरानका राजनीतिक दलहरुले भने विरोध जनाएका छन्। संघ र प्रदेश सरकार मातहतको धरान उपमहानगरपालिकाका मेयर धरानको विकास निर्माणमा निरंकुश बन्दै गएको माओवादी केन्द्रका नेता सुर्दशन श्रेष्ठले बताए। 

उनले मेयर साङ्पाङ धरानमा विकास निर्माणले गतिलिन नसकेको उनको आरोप छ। धरान ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले मेयर साङ्पाङले धरानको विकासमा समन्वयकारी भुमिका निर्वाह नगरेको बताए। उनले धरान ६ मानवारीमा मालपोत र नापी कार्यालय सार्न नदिन विभिन्न चलखेल भैरहेकाले तत्काल मदुबै कार्यालय सार्न माग गरेका छन्। 

धरानका पूर्वमेयर मनोजकुमार मेन्याङबोले तीनै तहका सरकारले ठालु प्रवृत्ति देखाएका कारण धरानको विकासले गति नलिएको बताए। उनले तीनै तहका सरकारले एक अर्कामा समन्वयकारी भुमिका निर्वाह नगरेका कारण पनि एक अर्कामा तिक्तता उत्पन्न भएको बताए। 

धरानको विकासमा स्थानीय सरकारले विकासका योजनालाई प्राथामिकता राखेर डीपीआर तयार गरी काम गर्नुपर्नेमा वर्तमान अवस्थामा त्यो नदेखिएको पूर्वमेयर मेन्याङबोको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.