राष्ट्रिय सहमतिको वातावरण बन्दैछ: मन्त्री श्रेष्ठ
मन्त्री नारायणकाजी श्रेष्ठले भने, 'नेपाललाई समृद्ध बनाउन चाहन्छौं। त्यसको लागि राष्ट्रिय सहमतिको आवश्यकता छ। भौतिक पूर्वाधारको विकास गर्न सरकार लागेको छ। योजनालाई पूरा गर्न नीति तथा कार्यक्रम ल्याएका छन् । तर, सोचे जस्तो हुन सकेको छैन। विकासका कामले विस्तारै गति लिने अपेक्षा गरेका छौँ।'
मलंगवा: उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशमा राष्ट्रिय सहमतिको वातावरण बन्दै गएको बताएका छन्।
सर्लाहीको बागमती नगरपालिकामा आयोजित राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताए।
संविधान र अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै सरकार अगाडी बढेको उनले बताए। सरकार बनेदेखि नै राष्ट्रिय सहमतिको वातावरण बन्दै गरेको भन्दै उनले यो देशका लागि सकरात्मक सन्देश भएको बताए। राष्ट्रिय सहमतिलाई थप बलियो बनाउन सरकार जोडतोडका साथ लागेको मन्त्री श्रेष्ठको दावी छ।
उनले भने, 'नेपाललाई समृद्ध बनाउन चाहन्छौं। त्यसको लागि राष्ट्रिय सहमतिको आवश्यकता छ। भौतिक पूर्वाधारको विकास गर्न सरकार लागेको छ। योजनालाई पूरा गर्न नीति तथा कार्यक्रम ल्याएका छन् । तर, सोचे जस्तो हुन सकेको छैन। विकासका कामले विस्तारै गति लिने अपेक्षा गरेका छौँ।'