भक्तपुरका मासु पसलहरू 'दुर्गन्धित'

भक्तपुरका मासु पसलहरू 'दुर्गन्धित'
सुन्नुहोस्

भक्तपुर : भक्तपुरका बाधस्थल फोहोर र माकुराको जालोले भरिएका छन्। बुधबार भक्तपुरको कासन र भुलाछेँमा गरेको ४ वटा मासु पसल र बाधस्थलको अनुगमनमा यस्तो भेटिएको हो। कालिका कोल्ड स्टोर, रामेछाप कोल्ड स्टोर, महाकाली मिट सप र महाकाली मिट स्टोरमा अनुगमन गर्दा यस्तो भेटिएको हो। 

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोर मासु पसलहरू र बधस्थल अनुगमनमा बधस्थलमा भुँई, भित्ता सफा गर्न मिल्नेगरी मार्वल वा टायल राखी सफा गर्न पटक-पटक निर्देशन दिँदासमेत सुधार नभएको संयोजक गोराले बताए। उनले 
अनुगमनमा कालिका कोल्ड स्टोर अत्यधिक मात्रामा फोहोर देखिएको, माकुराको जालोले भरिएको र सरसफाइसम्बन्धी न्यूनतम मापदण्ड समेत पूरा नभएको जानकारी गराए।

सबै पसलहरूमा मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.