हावाबाट बल्ने विद्युतीय उपकरण बिग्रिए

हावाबाट बल्ने विद्युतीय उपकरण बिग्रिए
सुन्नुहोस्

दिउँसो घाम लाग्दा सौर्य उर्जाको सहायताबाट बेट्री चार्ज गर्ने र घाम नलाग्दा र रातको समयमा हावाको सहायताले वायु पंखाको माध्यमबाट बेट्री चार्ज गर्ने सिस्टम जडान गरिएको थियो। 

जोमसोम: पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङमा उद्घाटन गरेको तीन किलोवाट क्षमताको वायु तथा सौर्य उर्जा उपकरण बिग्रिएपछि कामविहीन बनेको छ। बुद्ध पावर कम्पनीले १६ महिना समय खर्चिएर जिल्ला प्रहरी कार्यालय मुस्ताङको परिसरमा जडान गरेको हावाबाट बिजुली बाल्ने उपकरण एक वर्षअघिदेखि प्रयोगविहिन बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

स्पेनीस नागरिक राफेल पिच र नेपाली नागरिक एनआरएनका पूर्वसल्लाहाकार पुष्पराज तिमिल्सिनाको लगानीमा २०७४ साल साउन २८ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा वायु तथा सौर्य उर्जा  उपकरणको सफल परीक्षण गरिएको थियो। 

वायु तथा सौर्य उर्जा उपकरणमा मौसमको जानकारी दिने सिस्टम समेत जडान भएको थियो। उपकरणको परीक्षणपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङ आउँदा एक समारोहकाबीचमा वायु तथा सौर्य उर्जा उपकरण प्रणालीको उद्घाटन गरेका थिए।

हावाबाट बिजुली बाल्न आवश्यक सोलार प्यानल र बेट्री ब्याकप राखिएको थियो। दिउँसो घाम लाग्दा सौर्य उर्जाको सहायताबाट बेट्री चार्ज गर्ने र घाम नलाग्दा र रातको समयमा हावाको सहायताले वायु पंखाको माध्यमबाट बेट्री चार्ज गर्ने सिस्टम जडान गरिएको थियो। 

वायु तथा सौर्य उर्जा जडान गरिएको ४ वर्षपछि वायु तथा सौर्य उर्जा उपकरणले काम गर्न छोडेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.