‘एक प्रहरी, एक म्याट्रेस’ कार्यक्रम

‘एक प्रहरी, एक म्याट्रेस’ कार्यक्रम
सुन्नुहोस्

स्थानीय तहसँगको सहकार्यमा प्रहरीलाई आरामदायी विस्तारा उपलब्ध गराएको हो।
 

बागलुङ: स्थानीय तहको सहयोगमा बागलुङमा ‘एक प्रहरी, एक म्याट्रेस’ वितरण गरिएको छ। स्थानीय तहसँगको सहकार्यमा प्रहरीलाई आरामदायी विस्तारा उपलब्ध गराएको हो।

 
प्रहरी कर्मचारीलाई आरामदायी सुताइमा सहयोग पुर्‍याउने उद्देश्यले म्याट्रेस वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। अभियानअन्तरगत पहिलो चरणमा ३८९ थान म्याट्रेस वितरण गरिएको ज्ञावलीले बताए ।

पहिलो चरणको अभियानमा बागलुङ नगरपालिकाले एक सय, गलकोट नगरपालिकाले ४५, ढोरपाटन नगरपालिकाले २५ थान, जैमिनी नगरपालिकाले ३० थान, बडिगाड गाउँपालिकाले ३५ थान, काठेखोला गाउँपालिकाले ३५ थान, तमानखोला गाउँपालिको १८ थान, ताराखोला गाउँपालिकाले ३० थान, निसीखोला गाउँपालिकाले ३६ थान र बरेङ गाउँपालिको ३५ थानसहित ३८९ थान म्याट्रेस सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.