२०२६ सम्ममा श्रीलङ्का आर्थिक सङ्कट मुक्त हुन्छ : राष्ट्रपति

२०२६ सम्ममा श्रीलङ्का आर्थिक सङ्कट मुक्त हुन्छ : राष्ट्रपति
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे
सुन्नुहोस्

कोलम्बो : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्म आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन्। 

आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको चुनौतीका बाबजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए। 

'म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु । जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन् ,' उनले भने।

विक्रमासिङ्घेले कठिनाइका बाबजुद सरकारले कमजोर वर्गलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे। 

राष्ट्रपति भण्डारीले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलङ्काले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

उनले संसद्‍मा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.