सिरियामाथिको एकतर्फी प्रतिबन्ध फुकुवा गर्न चीनको अमेरिकासँग आग्रह

सिरियामाथिको एकतर्फी प्रतिबन्ध फुकुवा गर्न चीनको अमेरिकासँग आग्रह
फाइल तस्बिर।
सुन्नुहोस्

बेइजिङ : सिरियाले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेकाले सिरियामाथिको एकतर्फी प्रतिबन्ध तत्काल फुकुवा गर्न चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग आग्रह गरेको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार छलफलमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले सिरियामा स्थानीय मानवीय अवस्था थप बिग्रन नदिन पीडितका लागि आपतकालीन सहयोगका लागि आह्वान गरेको जानकारी दिंदै एकतर्फी प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिकासँग आग्रह गरेका हुन्।

अमेरिका लामो समयदेखि सिरियाली सङ्कटमा संलग्न रहेको उल्लेख गर्दै माओले सिरियामा पटक–पटक अमेरिकी सैन्य हस्तक्षेप र कठोर आर्थिक प्रतिबन्धका कारण ठूलो सङ्ख्यामा नागरिक हताहत भएको, सिरियाली जनता जीवनका आधारभूत आवश्यकताबाट वञ्चित भएको साथै देशको आर्थिक विकास र पुनर्निर्माणमा अवरोध पुगेको बताए। 

'आज पनि अमेरिकी सेनाले सिरियाको प्रमुख तेल खानीमा कब्जा जमाएको छ। देशको तेल उत्पादनको ८० प्रतिशतभन्दा बढी एकलौटीरूपमा  दोहन गरिरहेको छ, र सिरियाको खाद्यान्न भण्डारमा तस्करी तथा आगो लगाउने काम गरेको छ। यसले त्यहाँ मानवीय सङ्कटलाई थप बढाएको छ,' प्रवक्ताले भने।  

माओले भने, 'विनाशकारी भूकम्पको परिप्रेक्ष्यमा संयुक्त राज्य अमेरिकाले आफ्नो भूराजनीतिक झुकाव त्याग्नुपर्छ, सिरियामाथिको एकतर्फी प्रतिबन्ध तत्काल हटाउनुपर्छ र मानवीय सहायताका लागि ढोका खोल्नुपर्छ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.