'राष्ट्रिय सहमतिका नाममा गठबन्धनमा फाटो ल्याउने प्रयास भइरहेको छ'

'राष्ट्रिय सहमतिका नाममा गठबन्धनमा फाटो ल्याउने प्रयास भइरहेको छ'
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी । तस्बिर : शिवराज भट्ट
सुन्नुहोस्

उनले विदेशमा रहेका ५० लाख युवाहरूलाई स्वदेश फर्काउन,नेपालका व्यापार घाटा कम गर्न,बिग्रिदै गरेको अर्थतन्त्र सुधारजस्ता राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै राष्ट्रपतिको निर्वाचनका लागि गरिएको यो चर्चा गठबन्धनमा फाटो ल्याउने प्रयास भएको बताए।

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रपतिका नाममा राष्ट्रिय सहमति सत्ता साझेदार दलबीच फाटो ल्याउनका लागि

प्रपञ्च गरिएको बताएका छन्।

कञ्चनपुरको बेलौरीमा महोत्सवको उद्घाटनका लागि बिहीबार धनगढी आएका मन्त्री भण्डारीले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले विदेशमा रहेका ५० लाख युवाहरूलाई स्वदेश फर्काउन,नेपालका व्यापार घाटा कम गर्न,बिग्रिदै गरेको अर्थतन्त्र सुधारजस्ता राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै राष्ट्रपतिको निर्वाचनका लागि गरिएको यो चर्चा गठबन्धनमा फाटो ल्याउने प्रयास भएको बताए।

‘राष्ट्रिय सहमतिका लागि थुप्रै कामहरू छन्,विदेशमा रहेका युवा फर्काउन,आर्थिक अवस्थामा सुधार ल्याउन,देशको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ,सत्ता साझेदार दलहरू त्यसका लागि तयार छन्,तर राष्ट्रिपतिका लागि भनिएको राष्ट्रिय सहमति सत्ता साझेदार दलहरूबीच फाटो ल्याउने प्रयास हो,'मन्त्री भण्डारीले भने ।

मन्त्री भण्डारीले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने दावी गरे । ‘उन्मुक्तिले हस्ताक्षर गरेर नै मुख्यमन्त्रीले शपथ खाएका हुन् । सभामुख र उपसभामुखका लागि पनि उसले मतदान गरेको छ । मलाई लाग्दैन उन्मुक्तिले केन्द्रमा गरेको गठबन्धन भन्दा फरक निर्णय गर्छ भनेर । उसका केही मागहरू छन्,ती मागहरूका लागि सरकार सकारात्मक छ । नीतिगत रुपमा केही सुधार गर्नुपर्नेछ,'मन्त्री भण्डारीले भने 

मन्त्री भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सुख्खा बन्दरगाह,दैजीमा रहेको विशेष आर्थिक क्षेत्र,गेटा मेडिकल कलेल सञ्चालनका लागि पहल गर्ने बताए । उनले सुदूरपश्चिममा सम्भावना रहेका खानीहरूको अध्ययनका लागि प्राविधिक समिति सुदूरपश्चिम आउने बताए ।

उनले सुदूरपश्चिमका योजनाहरूको निरीक्षणका लागि फागुन १ गते प्रधानमन्त्री समेत सुदूरपश्चिम आउने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.