सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त
धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि शुक्रबार उनी नेतृत्वको सरकार ढलेको थियो। उनले आजै प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुझाएका थिए।
त्यसको केहीबेरमै प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार ढलेको थियो। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ माग गर्दै आएको छ। रिहाइ नभएसम्म कुनै पनि सरकारलाई विश्वासको मत नदिने अडान लिँदै आएको छ।
मुख्यमन्त्री शाहले पनि एक महिनाभित्र विश्वासको मत दिनुपर्ने छ।