सगरमाथा आरोहण गर्ने एकै गाउँका ६५ जना

सगरमाथा आरोहण गर्ने एकै गाउँका ६५ जना
सुन्नुहोस्

करिब चारसय जनसंख्या रहेको यो गाउँका ६ महिला र ५९ जना पुरुषद्वारा  सगरमाथाको सफल आरोहण

दोलखा : दोलखा गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने बेदिङ गाउँका ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। करिब चारसय जनसंख्या रहेको यो गाउँका ६ महिला र ५९ जना पुरुष गरी ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको स्थानीय आरोही दावाछिरी शेर्पाले बताए।

च्छो रोल्पा हिमताल पुग्ने पदमार्गको मुख्य गन्तव्य रहेको यो गाउँमा ८३ घरधुरी रहेको छ। ६५ जना सगरमाथा आरोहीमध्ये ९ जनाको भने मृत्यु भइसकेको दावाछिरीले बताए। बेदिङ गाँउका मिङ्मा छिरी शेर्पाले सबैभन्दा बढी २० पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। पेमाछिरीङ शेर्पाले १९ पटक, निमागोम्बु शेर्पाले १८ पटक र आफुले १३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दावाछिरीले बताए।

हिमाल आरोहणको अन्तराष्ट्रिय गाईडसमेत रहेका मिङ्मा छिरी शेर्पाले बेदिङकै दावाटासी शेर्पा, पेम्बादोर्जे शेर्पा (ठूलो) र गेल्बु शेर्पा (मृत्यु भइसकेको) सहित सन् १९९७ मा नेपालबाट पहिलो पटक पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो शिखर केटुकोसमेत सफल आरोहण गरेका छन्। त्यसैगरी बेदिङकै मिङमा गेल्जेन शेर्पा, दावातेन्जीङ शेर्पा र किलि पेम्बा शेर्पाले जाडो सिजनमा विश्वमै पहिलो पटक केटु हिमालको सफल आरोहण गरेको आरोही दावाछिरीले बताए।

बेदिङ हिमआरोहिहरूको गाँउ भएकोले अहिले यो क्षेत्रमा पर्यटकहरूको चहलपहल निक्कै बढेको स्थानीय बताउछन्। बेदिङका वासिन्दा जाडो मौसममा ना गाँउमा बस्ने गर्छन्। अहिले बेदिङ र ना गाउँमा धेरै सुविधा सम्पन्न होटल र होमस्टे समेत सञ्चालनमा आएको स्थानीयको भनाई छ।

चिसो मौसममा अक्सिजन लगायतका समस्याका कारण धेरै पर्यटक र स्थानीय समेत विरामी पर्ने गरेको तर प्रतिवन्दित क्षेत्र भनेर यो क्षेत्रमा सरकारले अनुमति विना हेलिकप्टर उडाउन नदिएकोले सडक मार्गले नछोएको यो ठाउँमा विरामीलाई स्वास्थ्य केन्द्रसम्म पु¥याउन समस्या भएको आरोहि दावाछिरीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.