बेनी नगरको आफ्नै प्रहरी

बेनी नगरको आफ्नै प्रहरी
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिकाले आफ्नै नगर प्रहरी भर्ना गरेको छ। नगरपालिकाले यही माघ १९ गते नियुक्त गरेका तीन जना नगरप्रहरीलाई बिहीबार देखि दज्र्यानी चिन्ह प्रदान गरी औपचारिक रुपमा कामकाजमा खटाएको छ। नगर प्रमुख सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाही अभिशेक मिजार र रेजिना बिकलाई दज्र्यानी चिन्ह प्रदान गरे।

‘नगर प्रहरीलाई कार्यबिधिमार्फत ३४ प्रकारका काम गर्ने अधिकार दिएका छौं,’ नगर प्रमुख केसीले भने ‘सार्वजनिक सम्पत्तिको संरक्षण, न्यायिक समितिको काम कारबाहीमा सघाउने, राजस्व संकलन र विपद् व्यवस्थापनमा नगर प्रहरी परिचालन हुन्छन्।’

बुधबार राती वडा नम्बर ४ राक्सेका जिवन सुवेदीको घरमा लागेको आगो नियन्त्रणमा जनपद प्रहरी र जनप्रतिनिधि तथा दमकल सहित नगर प्रहरीलाई परिचालन गरिएको थियो। लागेको ३० मिनेटमा आगोलागी नियन्त्रणमा लिएका थिए।

‘हवल्दारमा तीन र जवानमा १० जनाको आवेदन परेको थियो,’ नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले भने ‘आवेदन संकलन, लिखित परीक्षा, अन्तर्वार्ता र शारीरिक तन्दुरुस्ती परीक्षण गरेर नगर प्रहरी भर्ना गरिएको हो।’

६ वटा स्थानीय तह भएको म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलोपटक नगरप्रहरी भर्ना गरेको हो। आधारभूत तालिम लिएपछि नगरप्रहरी औपचारिक रुपमा काममा परिचालन भएका हुन्। नगर प्रहरी हवल्दार पौडेलले कार्यपालिकाको आदेश र कार्यविधि अनुसार नगरको हितमा काम गर्ने प्रतिबद्धता जनाए।

नगर प्रहरीले कार्यविधिअनुसार पारिश्रमिक र अन्य सुविधा पाउनेछन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्ने अधिकार दिएको छ। २०७५ मा नगर कार्यपालिका बैठकले गरेको नगर प्रहरी भर्ना गर्ने निर्णय चार वर्षपछि कार्यान्वयन भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.