राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि शिवशंकर मावि जगतिपुरलाई

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि शिवशंकर मावि जगतिपुरलाई
शिल्ड विजेता शिवशंकर मावि जगतिपुरका छात्रछात्रा।
सुन्नुहोस्

११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदकसहित शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि जितेको हो।

जाजरकोट: भेरी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले जितेको छ।

खलंगास्थित त्रिभुवन माविको खेल मैदानमा माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदकसहित शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि जितेको हो। जितसँगै शिवशंकर माविले ४० हजार रुपैयाँ नगद हात पारेको हो।

६ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित कुल १७ पदकसहित भेरी त्रिवेणी मावि रिम्ना दोस्रो भएको छ। ५ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित १४ पदक जितेको भगवती मावि कुदु तेस्रो भएको छ। दोस्रो र तेस्रो हुने विद्यालयले क्रमश: ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

एथलेटिक्स, भलिबल र कबड्डीलगायतका खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट १० विद्यालयका करिव २ सय छात्र/छात्राको सहभागी थियो। पुरस्कार वितरण गर्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तिले विजेता छात्र/छात्राहरुलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.