सुदूरपश्चिममा देउवा भौतिक पूर्वाधार विकासमन्त्री र शाही आर्थिक मामिलामन्त्री नियुक्त

सुदूरपश्चिममा देउवा भौतिक पूर्वाधार विकासमन्त्री र शाही आर्थिक मामिलामन्त्री नियुक्त
सुन्नुहोस्

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि दुईजनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

काठमाडौं :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुईजना मन्त्री नियुक्त गरेका  छन्। शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि दुईजनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

उनले नेपाली कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त दुवैमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख जोशीले शाही र देउवालाई शपथ खुवाएका हुन्। शुक्रबार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

बिहीबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ माग गर्दै आएको छ। रिहाइ नभएसम्म कुनै पनि सरकारलाई विश्वासको मत नदिने अडान लिँदै आएको छ।

मुख्यमन्त्री शाहले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.