अमेरिकाले टर्की र सिरियालाई ८.५ करोड डलर सहयोग गर्ने

अमेरिकाले टर्की र सिरियालाई ८.५ करोड डलर सहयोग गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआईडीले टर्की र सिरियामा गएको भूकम्पको सामना गर्न दुवै देशलाई ८.५ करोड डलर सहयोग गर्ने घोषणा गरेको हो।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको उक्त सहयोगबाट खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीका लागि प्रयोग गरिने साथै जाडोबाट बच्न बस्ने व्यवस्था मिलाइनेछ ।

भूकम्प प्रभावित यी दुई देशमा हाल विश्वभरका देशहरुबाट सहयोग आइरहेको छ। हालसम्म भूकम्पमा परेर टर्की र सिरियामा २३ हजारको मृत्यु भइसकेको छ ।

यस प्रकोपसँग जुध्न तत्कालै राहत सामग्रीको आवश्यकता रहेको उद्धारकर्मीहरू बताउँछन्। अन्यथा चिसोका कारण धेरैको ज्यान जाने उनीहरुको भनाइ छ।

यूएसआइडीका निर्देशक सामन्था पावरले अमेरिकाले पहिले नै विपद् सहायता प्रतिक्रिया टोली पठाइसकेको बताए। उक्त टोलीले हाल टर्कीको अदियामान, अडाना र अंकारामा मद्दत गरिरहेको छ।

टोलीमा करिब २०० जना सहभागी छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.