विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु
ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ।
एजेन्सी: शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ।
ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेहरू किला परीक्षितगढमा बिहेमा सहभागी हुन गएका थिए। घर फर्कने क्रममा इन्चोली प्रहरी चौकी इलाका अन्तर्गतको खरदोनी गाउँ नजिक परालले भरिएको ट्रकसँग उक्त बग्गी ठोक्किएको थियो।
सूचना पाएलगत्तै गाउँपालिकाका प्रहरी उपरीक्षक अनिरुद्ध कुमार र इलाका प्रहरी अधिकृत आशिष शर्मा घटनास्थल पुगेका थिए।