एमालेलाई ठूलो धक्का लाग्छ, सुरुवात सुदूरपश्चिम हो: माधव नेपाल

एमालेलाई ठूलो धक्का लाग्छ, सुरुवात सुदूरपश्चिम हो: माधव नेपाल
फाइल तस्बिर
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब राजनीतिक रुपमा एमालेलाई ठूलो धक्का लाग्ने बताए। उनले भने, 'अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।'

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी मजबुद बन्दै जाने बताएका छन्। 

अध्यक्ष नेपालले अब राजनीतिक रुपमा एमालेलाई ठूलो धक्का लाग्ने बताए। उनले भने, 'अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।'

नेकपा एकीकृत समाजवादी पार्टी निकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सुदूरपश्चिम प्रदेशबाट पार्टीलाई मजबुद बनाउन थालिएको बताए। 

नेपालले भने, ‘तपाइँहरूले थाहा पाउनुभएकै छ, सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो। नयाँ सरकारमा अहिले को को छन्? एउटा नेपाली कांग्रेस छ अर्को नेकपा एकीकृत समाजवादी छ।’ 

उनले नेकपा एकीकृत समाजवादीको अवस्था खत्तम छ भन्नेलाई पनि देखाइदिने दावी गरे। उनले भने, ‘यो पार्टीको हालत खत्तम छ। यसको भविष्य नै छैन भनेको होइन? कहाँबाट उदायो ? कहाँबाट देखापर्‍यो त्यहाँ?’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.