आर्मेनिया–टर्की सीमानाको बाटो ३५ वर्षपछि खुल्यो

आर्मेनिया–टर्की सीमानाको बाटो ३५ वर्षपछि खुल्यो
सुन्नुहोस्

अंकारा : आर्मेनिया र टर्कीबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् । 

औषधि, खाद्य पदार्थ र पानी बोकेका पाँच वटा ट्रक एलिकन सीमाबा टर्की आइ पुगेका आर्मेनियासँग वार्ता गरेका टर्कीका विशेष दूत सेरदार किलिकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आर्मेनियाली राष्ट्रियसभाका उपाध्यक्ष रुबेन रुबिन्यानप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

गत सोमबार सात दशमलव आठ म्याग्निच्युडको भूकम्प गएपछि टर्की र सिरियामा हालसम्म करिब २५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् । प्राकृतिक विपत्तिलाई दृष्टिगत गरी उक्त बाटो खोलिएको बताइएको छ । यसअघि उक्त बाटो सन् १९८८ मा आर्मेनियाली भूकम्प पीडितलाई सघाउन खोलिएको थियो । त्यस बेला झण्डै ३० हजार आर्मेनियालीको ज्यान गएको थियो । 

टर्की र आर्मेनियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । यद्यपि सन् २०२१ को डिसेम्बरमा दुवै देशले पारस्परिक सम्बन्धलाई सामान्य बनाउन विशेष दूत नियुक्त गरेका छन् । दुवै देशका साझा सिमाना सन् नब्बेको दशकदेखि बन्द छन् । गत वर्षदेखि दुवै मुलुकले व्यावसायिक उडान भने सञ्चालन गरेका छन् ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.