राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्छ : माधव नेपाल

राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्छ : माधव नेपाल

प्रदेशको हकमा सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने बताए।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । 

पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आएका अध्यक्ष नेपालले आइतबार आयोजित पत्रकार सम्मेलनमा सहमतिका आधारमा राष्ट्रपति चुनिनुपर्ने बताएका हुन्।

'सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ,हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ,'उनले भने।

संविधान,गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेता नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने बताए।

प्रदेशको हकमा सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर जानुपर्नेमा सुझाव दिए। 

सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वमा बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेपछि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ ।

कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान  छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.