महिलाको मृत्यु प्रकरण : आफन्तद्वारा सुर्खेतमा आन्दोलन, यातायात सेवा ठप्प

महिलाको मृत्यु प्रकरण : आफन्तद्वारा सुर्खेतमा आन्दोलन, यातायात सेवा ठप्प
सडक अवरुद्ध गर्दै मृतकका आफन्त। तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर बसपार्क, मंगलगडी चोक, यरिचोक, एयरपोर्ट चोकमा टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका छन् । 

वीरेन्द्रनगर : सुर्खेतको बसपार्क नजिकै बसको ठक्करबाट आइतबार महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका छन्। जेब्राक्रसबाट बाटो काटिरहेकी जाजरकोटको छेडागाड नगरपालिका –६ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–११ बामेखोला बस्ने ६६ वर्षीय नदी रावतलाई बसले ठक्कर दिँदा मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका हुन् । 

सवारी चालकले लापरबाही गरेर मान्छे मारेको भन्दै हदैसम्मको कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीको माग राख्दै आफन्तहरु आइतबार रातिदेखि निरन्तर आन्दोलनमा उत्रिएका छन् । वीरेन्द्रनगर बसपार्क, मंगलगडी चोक, यरिचोक, एयरपोर्ट चोकमा टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका छन् । 

सुर्खेतबाट अन्यन्त्र जाने छोटा तथा लामो दुरीका सवारी साधनहरु चल्न पाएका छैनन् । यातायात सेवा पूर्ण रुपमा ठप्प छ । बा ४ ख ८०६१ नम्बरको बसले बुलुबुले चोकबाट बसपार्क आउँदै गर्दा आइतबार ३:३० बजे बसले महिलालाई ठक्कर दिएको हो । उनको उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। 

बसका चालक फरार रहेको छन् भने बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख एसपी योगेन्द्रसिंह थापाले सुर्खेत सयुक्त बस समितिका पदाधिकारी र पीडित पक्षबीच समस्या समाधानका विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, 'हामीले दुबै पक्षबीच छलफल थालिसकेका छौँ । चाँडै नै निकास आउँछ । यातायात सेवा पुन: सुचारु हुन्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.