मनोबल बढ्न सकेन : परिसंघ

मनोबल बढ्न सकेन : परिसंघ
सुन्नुहोस्

उद्योगी–व्यवसायीको आत्मबल कमजोर रहेको बेला राष्ट्र बैंकबाट ब्याजदरमा कमी ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीति नआएको परिसंघले जनाएको छ।

काठमाडौं : नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशाअनुरूप उच्च गर्न नसकेको जनाएको छ। 

‘अर्थतन्त्रमा निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदरलगायतका कारण बजार अपेक्षित चलायमान हुन नसकेको संघले जनाएको छ। 

उद्योगी–व्यवसायीको आत्मबल कमजोर रहेको बेला राष्ट्र बैंकबाट ब्याजदरमा कमी ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीति नआएको परिसंघले जनाएको छ। ‘निजी क्षेत्रको मनोबल आशा अनुरूप उच्च गर्न नसकेको हामीले महसुस गरेका छौं’, विज्ञप्तिमा भनिएको छ।’

साना तथा मझौला उद्योगलाई हौसला दिन खोजेको दिएको परिसंघले जनाएको छ। २०७९ पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको दुई करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न दिने व्यवस्था राम्रो विषय रहेको परिसंघले जनाएको छ।

लामो समयदेखिको विषम परिस्थिति, बजारको चर्को ब्याजदर, घटेको मागका कारणले वित्तीय असन्तुलन भई कर्जाको साँवा तथा ब्याज भुक्तान गर्न नसकिरहेका सम्पूर्ण उद्योग–व्यवसायको गत असार महिनासम्म सक्रिय वर्गमा रहेको कर्जालाई आगामी असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न दिनुपर्ने परिसंघले भनेको छ।  नेपाल राष्ट्र बैंकले २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज नलाग्ने व्यवस्थाले कर्जाग्राहीलाई एक महिनाको ग्रेस अवधि दिएको छ।

परिसंघले कर्जाको ब्याजदर तत्काल घटाउने गरी बैंकदर तथा नीतिगत दरलाई कम गर्न सुझाव दिएको थियो।  ‘दैनिक तरलता सुविधाअन्तर्गत ओभरनाइट तरलता सुविधा १.५ प्रतिशतले कम गरेको छ। ब्याजदरमा केही कमी ल्याउन सहयोग गर्न सक्छ’, विज्ञप्तिमा भनिएको छ, ‘कर्जाको ब्याजदर घट्ने क्रममा रहेको संकेतका रूपमा राष्ट्र बैंकले व्याख्या गरेको छ।’ कर्जाको ब्याजदर कम गर्न आधार दर कम हुने गरी पछिल्लो तीन महिनाको औसत आधारदरको रोलिङ एभरेजको अवधारणाअनुसार मासिक कर्जाको ब्याजदर निर्धारण गर्नसमेत परिसंघले 
सुझाएको थियो।

‘कर्जाको ब्याजदर घट्दा अर्थतन्त्र चलायमान हुने, बैंक तथा वित्तीय संस्थाको कर्जा असुल बढ्नुका साथै एनपीएलसमेत कम हुने अवसर गुमेको छ’ परिसंघले भनेको, ‘आगामी दिनमा यसलाई विचार गर्न नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दछौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.