किन गए पाँच हजार बढि रूसी गर्भवती अर्जेन्टिना ?

किन गए पाँच हजार बढि रूसी गर्भवती अर्जेन्टिना ?
सुन्नुहोस्

आइतबार मात्रै एकै फ्लाइटबाट ३३ गर्भवती अर्जेन्टिना पुगेका छन्। तर,‘ट्राभल डकुमेन्टमा केही कमी’देखिएपछि तीनजनालाई भने रोकिदिएको छ।

एजेन्सी :  रूसबाट ५ हजार गर्भवती महिला अर्जेन्टिना पुगेका छन्। केही समयको अवधिमा यति ठूलो  संख्यामा गर्भवती महिला अर्जेन्टिना गएको बताइएको छ।

आइतबार मात्रै एकै फ्लाइटबाट ३३ गर्भवती अर्जेन्टिना पुगेका छन्। तर,‘ट्राभल डकुमेन्टमा केही कमी’देखिएपछि तीनजनालाई भने रोकिदिएको छ।

अर्जेन्टिनाको नेसनल माइग्रेसन एजेन्सीका अनुसार यी सबै महिला गर्भावस्थाको अन्तिम हप्तामा छन्। यी महिलाले अर्जेन्टिनामा आफ्ना सन्तान जन्माउन चाहन्छन् ताकि उनीहरूले सजिलै यहाँको नागरिकता पाउन सकून्।

पछिल्लो समय अर्जेन्टिना आउने रूसी गर्भवती महिलाको संख्या बढेको छ। स्थानीय मिडियाका अनुसार स्थानीय मिडियाका अनुसार युक्रेनमा जारी युद्धका कारण सुरक्षित रहन यहाँ आउने गरेका हुन्।

माइग्रेसन एजेन्सीका प्रमुख फ्लोरेन्सिया केरिगनेनोले ला नेसियन अखबारलाई बताए अनुसार यसअघि पनि तीन महिलालाई रोकेको थियो। यी महिलाहरूले यसअघि आफूहरु अर्जेन्टिना पर्यटकका रुपमा आएको बताएका थिए।

फ्लोरेन्सिया केरिगनेनोले भनिन्,‘उनीहरू यहाँ पर्यटको रुपमा  नआएको अनुसन्धानले देखाएको छ । यो कुरा पछि उनले स्वीकार गरे ।' उनका अनुसार रूसी महिलाहरू आफ्ना छोराछोरीलाई अर्जेन्टिनाको नागरिकत बनाउन चाहन्छन्।

किनभने अर्जेन्टिनाको राहदानीमा रूसी राहदानीभन्दा बढी छुटको व्यवस्‍था छ। उनले भनेकी छन्,'समस्या यो छ कि महिलाहरू यहाँ आउँछन्। आफ्ना छोराछोरीलाई अर्जेन्टिनाको नागरिकको परिचय बनाएर फेरि फर्कन्छन्।'

उनका अनुसार अर्जेन्टिनाको राहदानी संसारको सबैभन्दा सुरक्षित पासपोर्टमध्ये एक मानिन्छ। यहाँको राहदानीमा विश्वका १७१ देशमा भिसा फ्री इन्ट्री उपलब्ध छ। जबकि रुसी राहदानीले ८७ देशमा मात्रै भिसा फ्री प्रवेश दिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.