नेपालले टर्की भूकम्प पीडितका लागि २२ टन राहत सामग्री पठायो

नेपालले टर्की भूकम्प पीडितका लागि २२ टन राहत सामग्री पठायो
सुन्नुहोस्

गत माघ २३ गते सोमबार टर्कीमा गएको विनाशकारी भूकम्पपछि टर्कीको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यवद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको हो।

काठमाडौं : नेपाल सरकारले टर्की भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार दिउँसो राहत सामग्री टर्की पठाइएको हो।

औषधि,मेडिकल उपकरण,न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित २२ टन सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत माघ २३ गते सोमबार टर्कीमा गएको विनाशकारी भूकम्पपछि टर्कीको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यवद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार टर्कीमा राहत सामग्री पठाइएको हो।

टर्कीमा भूकम्पबाट ३३ हजार बढि मानिसको मृत्यु भएको  र कयौं अझैं बेपता रहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्। सोमबार फरक फरक समयमा ७.८ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसपछिका चार दिनमा मात्रै १ हजार २ सय ६ वटा पराकम्प गएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.