सुख्खा बन्दरगाहले सुदूरपश्चिमको मात्रै नभइ देशकै विकासको ढोका खुल्छ : प्रधानमन्त्री

सुख्खा बन्दरगाहले सुदूरपश्चिमको मात्रै नभइ देशकै विकासको ढोका खुल्छ : प्रधानमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोमबार महेन्द्रनगरस्थित दोधारा चाँदनी पुगेका प्रधानमन्त्रीले सुख्खा बन्दरगाह सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणले सुदूरपश्चिमको मात्र नभइ समग्र देशको विकासको ढोका खुल्ने बताएका छन् । 

सोमबार महेन्द्रनगरस्थित दोधारा चाँदनी पुगेका प्रधानमन्त्रीले सुख्खा बन्दरगाह सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 'यसले देशकै आर्थिक विकासमा योगदान पुग्ने छ,'उनले भने,'भारत र चीनको विकासबाट लाभ लिने खोजिमा छौं ।'

प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा बनेको पक्की पुलको समेत निरीक्षण गरेका छन् । आजै प्रधानमन्त्रीले कञ्चनपुरमा औद्योगिक व्यापार मेलाको उद्धघाटन गर्ने कार्यक्रम समेत छ ।

सोमबार बिहान धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.