विद्यार्थीले गरे खाद्य परिकार महोत्सव
६ देखि १२ कक्षासम्म अध्ययरत बालबालिकाले खाद्य परिकार बनाएर महोत्सवको आयोजना गरेका हुन। महोत्सवमा ९ स्टलबाट विद्यार्थींले १६ प्रकारका परिकार राखेका छन्।
स्याङ्जा: गल्याङ् नगरपालिका ७ स्थित नेपाल राष्ट्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले खाद्य परिकार महोत्सव गरेका छन्।
महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराइले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीले स्थानीय उत्पादन र क्षमता प्रदर्शन गर्न आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताए।
नेपाल राष्ट्र माध्यमिक विद्यालयले परिकार बनाउन सिकाएको छ। विद्यालयले व्यवहारिक शिक्षा दिनुका साथै आत्मनिर्भर बन्न उत्प्रेरित गर्न महोत्सव सहयोगी हुने जनाएको छ।
सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतार्ने उदेश्यले ६ देखि १२ कक्षासम्म अध्ययरत बालबालिकाले खाद्य परिकार बनाएर महोत्सवको आयोजना गरेका हुन। महोत्सवमा ९ स्टलबाट विद्यार्थींले १६ प्रकारका परिकार राखेका छन्।