टर्की भूकम्प : ३६ हजारभन्दा बढीको मृत्यु

टर्की भूकम्प : ३६ हजारभन्दा बढीको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

अंकारा : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी  ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ । 

भूइँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्यम्सेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् ।
 
दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.