पाल्पाको रानी महलमा प्रणय दिवस

पाल्पाको रानी महलमा प्रणय दिवस
सुन्नुहोस्

प्रणय दिवसको अवसरमा प्रेमको प्रतिक रानीमहलमा प्रेमीप्रेमिकाहरूको जोडीहरूलाई भव्य रूपमा स्वागत गर्न तानसेन नगरपालिकाले तयारी गरेको छ। प्रणय दिवसलाई लक्षित गरेर रानीमहल क्षेत्रमा विशेष सरसफाइदेखि रंगरोगन गरेर चिटिक्क पारेको छ।

तानसेन : पाल्पाको तानसेन नगरपालिकाले यस वर्षको प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ रानी महलमा मनाउने तयारी गरेको छ।

प्रणय दिवसको अवसरमा प्रेमको प्रतिक रानीमहलमा प्रेमीप्रेमिकाहरूको जोडीहरूलाई भव्य रूपमा स्वागत गर्न तानसेन नगरपालिकाले तयारी गरेको छ। प्रणय दिवसलाई लक्षित गरेर रानीमहल क्षेत्रमा विशेष सरसफाइदेखि रंगरोगन गरेर चिटिक्क पारेको छ।

धार्मिक एतिहासिक र पर्यटकीय रूपमा रहेको कालीगण्डकीको तिरमा रहेको रानीमहल दरवार प्रेमको प्रतीकका रूपमा परिचित रहेको छ। ‘भ्यालेन्टाइन डे’ को महत्व नेपालमा प्रत्येक वर्ष बढ्दै गएकाले तानसेन नगरपालिका र नाटा पाल्पाले सहकार्यमा स्वदेशी विदेशी गरी २५ जोडी प्रेमीप्रेमिकालाई विशेष सम्मानका साथ तानसेनमा स्वागत गर्ने र प्रणयव दिवसको दिनमा प्रेमको प्रतिक रानीमहलमा घुमाउने, खानबस्नको व्यवस्था गरिएको अध्यक्ष राजीव शाहाले बताए। रानीमहलमा पुग्ने सबै प्रेमीप्रमिकालाई फूलको गुच्छा प्रदान गर्ने, रानी तेजकुमारी राणा खड्गशमशेरका बारेमा जानकारी गराउने कार्यक्रम रहेको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।

छिमेकी देश भारतमा प्रेमको प्रतिक रानीमहल र उत्तर गंगाका बारेमा विशेष प्रचार गर्न भारतीय प्रेमी प्रेमीकालाई प्राथमिकतामा राखेको र भारतबाट २० जोडी प्रेमीप्रेमीका तथा केही पत्रकारहरू ‘भ्यालेनटाइन डे’ मनाउन तानसेन आइपुगेका छन्। नाटा पाल्पाले भारतीय २० जोडीभन्दा बढी प्रेमीप्रमिकालाई तानसेनमा भव्य स्वागत गरेको छ।

प्रणय दिवसको अवसरमा रानीमहल क्षेत्रमा अधिकांश होटल रेस्टुराँ तथा क्याम्प फायरमा प्याकेजमा फागुन १ गते ७ गते सम्म २० प्रतिशत छुट प्रदान गरेका छन्। भ्यालेनटाइन डे मनाउन प्रेमीप्रेमिकाहरू रानीमहल क्षेत्रमा आइसकेको रानीमहल क्षेत्रमा होटल व्यवसायी गर्दै आएका शंकर बस्यालले बताए।

सदरमुकाम तानसेनदेखि आधा घण्टामा रानीमहलमा पुग्न सकिन्छ। बाटो पिच र सजिलो भएकोले पर्यटकहरूको रोजाइमा रानीमहल पर्ने गरेको छ। रानीमहल दरबारलाई व्यवस्थित गरी पानीका फोहोरादेखि रातिमा पनि अवलोकन गर्ने गरी तानसेन नगरपालिकाले सञ्चालन गर्दै आएको छ। तानसेन नगरपालिकाले रेखदेख तथा संरक्षण गर्न रानीमहल दरवारलाई पुरातत्व विभागले १० वर्षसम्म हस्तान्तरण गरेको छ। रानीमहल दरवारको विशेष रूपमा सरसफाइ गरी आवश्यक केही खानेपानी, विद्युत, वाइफाइ, व्यवस्थित शौचालयसहितको व्यवस्था गरी तानसेन नगरपालिकाले गत वर्षदेखि सञ्चालन गर्दै आएको छ। रानीमहल दरवारमा राणा खड्गशमशेर र रानी तेजकुमारीले प्रयोग गर्दै आएका सरसमान संग्रहालयको रुपमा सर्वसाधारणलाई अवलोकनको व्यवस्था गरेको छ।

रानीमहल दरबार निर्माण कालीगण्डकी उत्तरबाहिनी क्षेत्र रोजेर वास्तुशास्त्र विधि अनुसार भएकोले धार्मिक रुपमा पनि विशेष महत्व रहेको छ। कालीगण्डकी नदी मुक्तिनाथदेखि पाल्पामा निरन्तर बहँदा रानीमहल क्षेत्रमा मात्र दक्षिणबाट उत्तरतर्फको बगेको पाइन्छ। हिन्दु धर्ममा उत्तरबाहिनी गंगाको विशेष महत्व रहने गरेको छ।

राणा खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरवार निर्माण गरेका हुन्। विस १९४९ सालदेखि रानीमहल दरवारको निर्माण सुरु गरी ६ वर्ष लगाएर विस १९५५ मा पूरा गरेका थिए। वेलायती दरवार शैलीमा निर्माण गरिएको छ। लुम्बिनी प्रदेश सरकारले रानीमहललाई प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.