बिमा दाबी गर्न गाडीमा आगजनी

बिमा दाबी गर्न गाडीमा आगजनी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गुलरिया : प्रहरीले बिमा दाबी गर्न गाडीमा आगजनी गरेको आरोपमा चालकलाई नियन्त्रणमा लिएको छ। बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवा निवासी रामु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। 

मधुवन नगरपालिका–४ बसन्तास्थित माचड चोकदेखि भुरीगाउँ जोड्ने पक्की सडक खण्डमा लु२ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडी आगलागी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। सोमबार बिहान २ बजे मातहत इलाका प्रहरी कार्यालय ढोडरीको टोली घटनास्थलपुग्दा गाडीका पूरै भाग आगलागी भई जलीनष्ट भएको अवस्थामा फेला परेको र घटनास्थलमा कोही पनि नरहेको जानकारी दिए।

चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बिमा रकम दाबीका लागि गाडीमा आगजनी गरेको खुल्न आएको डिएसपी बोहोराले बताए।

माघ २० गते गाडी बिग्रिएकाले मर्मतका लागि ग्यारेजमा लगिएको थियो। मर्मत खर्च बढी आउने भएपछि बिमा असुल्ने मनसायले आइतबार राति ८ बजेको समयमा टोचन लगाई एकान्त जंगल सडक किनारमा लगेर चालकले नै डिजल छर्की आगो लगाएको बयानका क्रममा चालक चौधरीले स्वीकारेको बोहोराको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.