गोतामे पत्रकारिता स्वर्ण पदकबाट अन्नपूर्णकर्मी झा पुरस्कृत
वीरगन्ज : स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिएको छ। वीरगन्जमा मंगलबार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्षसमेत रहेकी झालाई एक तोला सुन सहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमकी पत्नि सुधा गौतम र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गोतामे झालाई पत्रकारिता स्वर्ण पदक प्रदान गरे ।
यसअघि यो पुरस्कारबाट देशका विभिन्न जिल्लाका ११ जना पत्रकार पुरस्कृत भइसकेका छन् । यो पुरस्कार अघिल्लो वर्ष सप्तरीका पत्रकार बैजनाथ झाले पाएका थिए।
प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्जका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ पत्रकार चन्द्र किशोर , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , प्रतिष्ठानका कोषाध्यक्ष शत्रधुन नेपाल , स्वर्गीय पत्रकार गौतमका सुपुत्र हिमालचन्द्र गौतम , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको पनि सहभागिता थियो।