गलेश्वर मन्दिरमा बत्ती जडान

गलेश्वर मन्दिरमा बत्ती जडान
सुन्नुहोस्

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पुजारी, कर्मचारीको तलव, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पुर्वाधार निर्माणमा परिचालन हुदै आएको छ।

म्याग्दी: ‘गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट बत्ती जडान गरिएको छ,’ अध्यक्ष रेग्मीले भने ‘मर्मत र विद्युत महशुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गछौ।’ सडक बत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए। 

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पुजारी, कर्मचारीको तलव, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पुर्वाधार निर्माणमा परिचालन हुदै आएको छ। भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ । 

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टान माथि रहेको गलेश्वरलाई पश्चिमको पशुपति नाथ र मुक्तिक्षेत्रको प्रवेशद्धारको रुपमा चिनिन्छ । 

साउन महिनाको सोमबार, बालाचर्तुदर्शी, महाशिवरात्री पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पुजाआजा हुन्छ । गलेश्वरमा पुजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाक्षा पुरा हुने जनविश्वास छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.