वीरगन्जमा सवारी दुर्घटना हुँदा १८ महिने बालकसहित दुई जनाको मृत्यु

वीरगन्जमा सवारी दुर्घटना हुँदा १८ महिने बालकसहित दुई जनाको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १८ महिने  बालकसहित दुई जनाको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित नगरसभागृह नजिकै मंगलबार दिउँसो ना१ह ३७४० नम्बरको ईरिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा आदर्शनगरकै राजीव कुमार मालीका १८ महिने छोरा ऋषभ मालीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ऋषभको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। रिक्सा चालक ३५ वर्षीय रामसुन्दर दासलाई नियन्त्रणमा लिएर थप अनुसान्धान अगाडि बढाइएको गिरीले जानकारी दिए।

त्यस्तै वीरगन्जकै अपौनीमा मालबाहक ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-२० अपौनीका नागेन्द्र ठाकुर रहेका छन्।

सोमबार राति बहुअरीबाट परवानीपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४१८ नम्बरको ट्रकले साइकलमा सवार भइ परवानीपुरबाट अपौनीस्थित घर फर्किँदै गरेका ठाकुरलाई ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिएपछि साइकलबाट लडेर सडक छेउको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भीर घाइते भएका ठाकुरको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको थाहा नगरपालिका-४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.