बीबीसी हिन्दीको मुम्बई र दिल्ली कार्यालयमा आयकर विभागको छापा

बीबीसी हिन्दीको मुम्बई र दिल्ली कार्यालयमा आयकर विभागको छापा
सुन्नुहोस्

नयाँ दिल्ली : बीबीसी हिन्दीको भारतमा अवस्थित दुई कार्यालयमा आयकर विभागले छापा मारेको छ। भारतको मुम्बई र नयाँ दिल्लीमा अवस्थित बीबीसी कार्यालयमा आयकर विभागले छापा मारेको हो।

आयकर विभागको छापामा पूरा सहयोग गरिरहेको बीबीसी हिन्दीले जनाएको छ। यो अवस्था छिट्टै सामान्य बन्ने बीबीसी हिन्दीले पाठकहरुमा अनुरोध गरेको छ।

बीबीसी हिन्दीको कार्यालयमा छापा हानेपछि भारतको विपक्षी दलका नेताहरु भने आक्रामक बनेका छन्। प्रेस स्वतन्त्रताको धज्जी उडाएको भन्दै कांग्रेसका नेताहरुले विरोध जनाएका छन्। महासचिव केसी वेणुगोपालले मोदी सरकार आलोचनाबाट डराएको र सहन नसकेर प्रेसमाथि खनिएको आरोप लगाएका छन्। उनले सरकारको यो कदमप्रति निन्दा गरेका छन्। 'सरकारको यो अलोकतान्त्रिक र तानाशाही रवैया अब चल्न सक्दैन,' उनले भनेका छन्। 

यता सत्तारुढ दल बिजेपीले भने बीबीसीलाई भ्रष्ट संस्थाको रुपमा ब्याख्या गरेको छ। बीबीसी संसारमै भ्रष्ट रहेको उनको आरोप छ। भारतको प्रेससम्बन्धी संस्थाहरुले भने प्रेस स्वतन्त्रतामाथि भएको प्रहार भन्दै आपत्ति जनाएको छ।

बीबीसीले हालै सन् २००२ मा भएको गुजरात घटनाबारे वृत्तिचत्र प्रदर्शन गरेको थियो। सोही वृत्तचित्र प्रदर्शन भएपछि सत्तारुढ दल बिजेपीले आपत्ति जनाउँदै आएको छ। उसले यो वृत्तचित्र प्रदर्शनमा रोकसमेत लगाएको छ। 

बीबीसीले तत्काली गुजरातको मुख्यमन्त्री नरेन्द्र मोदी र उक्तबेला भड्किएको दंगाबारे वृत्तचित्रमा समावेश गरेका छन्। यसबारे सरकारको आधिकारिक राय लिन खोजिए पनि सरकारले आलटाल गरेको बीबीसले स्पष्ट पारेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.