सुरक्षा

कानुन भन्छ– ‘दुईपांग्रेमा दुवै जनालाई हेल्मेट’

कानुन भन्छ– ‘दुईपांग्रेमा दुवै जनालाई हेल्मेट’
फाइल तस्बिर।
सुन्नुहोस्

दुर्घटनामा हुने जोखिम घटाउन दुईपांग्रे सवारीको पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने बहस सुरु भएको छ।

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनाका घटनामा ८० प्रतिशत दुर्घटना दुईपांग्रे सवारीकै हुन्छ। दुर्घटनामा घाइते हुने अधिकांश व्यक्तिको चोट टाउकोमा लाग्छ। टाउकोमा लागेको चोटका कारण अधिकांश घाइतेको मृत्यु हुन्छ।

दुर्घटनामा हुने जोखिम घटाउन दुईपांग्रे सवारीको पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने बहस सुरु भएको छ। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार दुईपांग्रे सवारीमा सवार सवै यात्रुले हेल्मेट लगाउँदा जोखिम कम हुन्छ।

हुन त सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा दुईपांग्रे सवारी चलाउने तथा पछाडि बस्ने दुवैले हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको छ। ऐनको दफा १३० को उपदफा २ मा अनुसार मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ। मोटरसाइकल चालक तथा यात्रु दुवैले हेल्मेट लगाउने विषय बहसभन्दा पनि कानुनले नै सुरक्षित गरेको विषय हो। कानुनमा जे लेखिए पनि हाल भने मोटरसाइकल चालकले मात्रै अनिवार्य हेल्मेट लगाउनुपर्ने बाध्यता छ। पछाडि बस्ने यात्रुले स्वेच्छाले मात्रै हेल्मेट लगाएका हुन्छन्। 

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार मुलुकभर हरेक दिन ४८ देखि ६० वटा सवारी दुर्घटना हुन्छन्। जसमध्ये ४० देखि ४५ वटा दुर्घटना दुईपांग्रे सवारीकै हुन्छ। दुर्घटनाबाट देशभर सरदरमा ७ देखि १५ जनाको मृत्यु हुन्छ। दुईपांग्रे सवारी दुर्घटनाको जोखिम अत्यधिक हुन्छ। पछाडी बस्ने यात्रुले पनि हेल्मेट लगाउने विषय यात्रु स्वयंले विचार गर्नुपर्ने उनको तर्क छ। 

पोखरेल भन्छन्, ‘हामीले केही वर्ष अगाडि दुईपांग्रे सवारीको पछाडी बस्नेले पनि हेल्मेट लगाउन अनिवार्य गरेका थियौं। तर, जनस्तरबाट नै निकै गुनासो आएकाले यो नियम पूर्ण कार्यान्वयनमा जान सकेन। पछिल्लो समय सहरी एरियामा दुईपांग्रे सवारीको दुर्घटना अत्यन्तै बढ्न थालेपछि पुनः पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने बहस सुरु भएको हो। पछिल्ला ५ वर्षमा मुलुकभर १४ हजार बढीले दुर्घटनामा ज्यान गुमाए।

विश्व स्वाथ्य संगठन डब्लुएचओले गरेको एक प्रतिवेदन अनुसार नेपालमा हुने अकाल मृत्युको पहिलो कारण नै सवारी दुर्घटना हो। त्यसपछि जन्मपश्चात् अपांगता हुनुको मुख्य कारण पनि दुर्घटना नै हो।

सवारी सुरक्षासम्बन्धी काम गरिरहेका अभियन्ता तथा अधिकारकर्मीले दुईपांग्रे सवारी चलाउने तथा पछाडि बस्ने दुवैले हेल्मेट लगाउनुपर्ने कानुन कार्यान्वयनमा जोड दिन सरकारसँग माग गरेका छन्। केहि दिनअगाडि यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाटका क्रममा अभियन्ता तथा अधिकारकर्मीले कानुन कार्यान्वयन हुनुपर्ने माग गरेका थिए। यो विषय अहिले चर्चामा छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा तत्कालीन स्वास्थ्यमन्त्री डाक्टर उपेन्द्र देवकोटाले दुईपांग्रे सवारीको पछाडी बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम कार्यान्वयन गरेका थिए। नागरिकको चर्को दबाबका बावजुद यो नियम लामो समय टिक्न सकेन।

सडक सुरक्षाका विषयमा आवाज उठाउने अभियन्ता गोविन्द भट्टराई भन्छन्, डब्लुएचओको रिपोर्टअनुसार दुई पांग्रे सवारीसाधनमा चलाउने र पछाडी बस्ने दुवैले हेल्मेट लगाएको अवस्थामा हुने दुर्घटनामा ७० प्रतिशत टाउकोको चोटलाई रोक्न सकिन्छ ४२ प्रतिशत बढी उसको मृत्युलाई जोगाउन सकिन्छ। टाउकोको चोट कम गर्नका लागि हेल्मेट नै मुख्य विकल्प हो।

चालकले त सडकमा हेर्ने हुँदा केही सजग भएकै हुन्छ। तर, पछाडी बस्ने यात्रु दुर्घटना हुँदा बढी जोखिममा पर्छन्। हरेक वर्ष १३०० बढी यात्रु वा चालकको मोटरसाइकल वा दुईपांग्रे दुर्घटनामा ज्यान जान्छ। सडक राम्रो भयो भने हेल्मेट किन चाहियो भन्ने बहस पनि चल्ने गरेको सुनाउँदै यसमा कुनै सत्यता नभएको भट्टराईको तर्क थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.